गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ यसरी गरौँ घरमै मेकअप (विधि सहित) यसरी गरौँ घरमै मेकअप (विधि सहित) रेणु शाक्य राना वरिष्ठ ब्युटिसियन, प्रोत्साहानाज ब्युटीपालर मंगलबार, २०७८ वैशाख ७ गते, १५:२७ मा प्रकाशित मेकअप एउटा यस्तो कला हो जसले महिलाहरुको सुन्दरतामा निखार ल्याउँछ । यो एउटा यस्तो कला हो जसले अनुहारमा सुन्दरताको थप उर्जा दिन्छ भने जसको अनुहारमा समस्या देखिएको हुन्छ ती कमिकमजोरीहरुलाई लुकाएर राम्रो नयाँ लुक्स दिइन्छ । मेकअप एक छिनको लागि गरिने अथवा अस्थायी सिमित समयको लागि गरिने कला हो तर यसले मान्छेको व्यक्तित्वमा निखार ल्याएर आत्माविश्वास बढाउँछ । त्यसैले, आजभोलि बजारमा यसको माग बढेको छ ।अथवा, भन्नुपर्दा अहिलेको समयमा मेकअप नगरेको महिला कम भेटिन्छ । समयको माग तथा गतिसँगै मेकअप गर्ने विधिमा धेरै परिवर्तन आएको छ । बजारमा पनि साही कुरालाई ध्यानमा राखी मेकअपका फरकफरक अवधारण अनुसार विभिन्न प्रकारका नयाँ-नयाँ साधनहरु भित्रिएको पाइन्छ । हामीले हाम्रो छालाको प्रकार हेरिकन सोहि अनुरुप मेकअप गर्नेगर्नु पर्दछ । यसरी गर्नुहोस मौसम अनुसार गरिने मेकअप के-के लगाउने त ? अहिलेको सुख्खा मौसममा हाम्रो छाला हावाले गर्दा सुख्खा हुने गर्दछ । यसको साथै अनुहारमा धूलो पर्ने हुन्छ । त्यसले गर्दा छालामा धेरै किसिम रोगहरु आउँदछ । यस कारणले सबभन्दा पहिला त अनुहारको छालाको स्याहार गर्ने जरुरी हुन्छ । हामीले अनुहारको छालालाई कायम राख्न धेरै जरुरी छ । यसका सथै हामीले मेकअप गर्न जरुरी भएकोले मेकअप कसरी गर्ने के-के साधनहरुको प्रयोग गरी मेकअप गर्न सकिन्छ त भन्ने बारेमा जानकारी हुन आवश्यक हुन्छ । साधनहरु प्रयोग गर्द आफ्नो छाला अनुरुप प्रयोग गर्नु पर्दछ । कसरी गरिन्छ वा के-के प्रयोग गरिन्छ ? सबभन्दा पहिले क्लिजिंग मिल्क प्रयोगले छालाको फस्ट लेयरमा भएको फोहोर सफा गर्ने । त्यसपछि आफ्नो छाला अनुसारको टोनर प्रयोग गर्ने । टोनरले पोरस बन्द गर्ने सहयोग गर्छ । अनुहार नरम होस् भनेर मोश्चाराइजर लगाउने । यदि ओइली स्किन छ भने ओइल फ्री वाला मोश्चाराइजर प्रयोग गर्ने । नर्म लडेको लागि भने न्यूड मेकअप गर्ने । यो गर्दा स्किन केर माँइस्चराइजर ,बि बि क्रीम तथा सिन्टेड मोश्चाराइजर लगाउनु उपयुक्त हुन्छ । आँखामा आइस्याडो हल्का लगाउने । आइलाइनर पनि पातलो लैनमा गर्दा राम्रो देखिन्छ । गालामा ब्लसरको प्रयोग लाइट पिंकमा गर्ने र त्यस माथि हाई लाइटको प्रयोग गर्ने । अन्तमा कमपेक्ट पाउडरले मेकअप सेट गर्ने भएकोले अनुहार ड्राई हुने भएको हल्का लाएर सेट गर्ने । समारोह, पार्टिहरुमा गरिने मेकअप यो समयमा मेकअप गर्दा अनुहारमा अन्डर आई डार्कसर्कल भए कन्सिलर प्रयोग गर्नुपर्दछ । त्यस्तै, अनुहारमा चाँया पोतो भएको खण्डमा एल्लो कनसिलर प्रयोग गर्नु पर्दछ । हेबि मेकअप गर्ने हो भने फाउन्डेसनमै वाटर वेट अर्थात वेल बेसको फाउन्डेसन प्रयोग गर्ने सकिन्छ । यस्तो फाउन्डेसनमा हाई कभरेज हुन्छ र मोश्चाराइजर लेवल पनि मेनटेन गर्दछ । आइब्रो करेकसनमा अनुहारको छालाको रंगअनुसार प्रयोग गर्नु पर्छ जस्तै लाइट ब्राउन-ग्रे र डार्क ब्राउन । रेगुलर ब्रसले आइको करेकसन गर्न सकिन्छ । आई मेकअप गर्दा ओकेजन,ड्रेस,ड्रेसको कलर र समय हेरेर गर्दा राम्रो हुन्छ । आइलाइनर लगाउँदा लिक्युड वा जेल लाइनर प्रयोग गर्दा राम्रो देखिन्छ । यति गरिसकेपछि आइ लसेस लगाउन मन भए लगाउने होइन भने भोलुम वाला मस्कारा प्रयोग गर्दा पनि राम्रो देखिन्छ । आँखा भित्र कालो वा ब्राउन गँजल लगाउने । त्यसपछि गालामा ब्रोन्जिङ र ब्लस लगाउन सकिन्छ । ब्रोन्जिङ हल्का म्याटमा छाला भन्दा दुई सेप डार्क कलर गर्नुपर्दछ ।भने त्यसमा क्रिमी वा म्याटमा प्रयोग गर्न सकिन्छ । लिपिस्टिक पनि अक्सर ड्रोस हेरेर म्याटमा लाँन्ग लास्टिंग प्रयोग गर्न सकिन्छ । त्यसपछि सेटिङ्ग स्पे्र अन्तमा प्रयोग गर्न यसो गर्नले मेकअप लामो समय सम्म टिक्छ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी