काठमाडौं—प्रदेश अस्पताल दमौली अस्पतालमा कार्यरत डा. श्वेता बस्नेमाथि हातपातको प्रयास भएको छ । बुधबार अपरान्ह ५ः४० बजे मादक पदार्थ सेवन गरेर आएका ब्यास—१२ का अमर आलेले अस्पतालको प्राणंगणमै डा. बस्नेतमाथि हातपातको प्रयास गरेका हुन् ।
उक्त हातपात गर्ने प्रयासको अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भत्र्सना गरेका छन् । उनीहरुले एक प्रेस विज्ञप्ती निकाल्दैं दोषीमाथि कानुनअनुसार कारवाहीको मागसमेत गरेका छन् ।
‘यस किसिमका घटना नदोहोरियोस भनी दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ को दफा ३ को च ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न’ सम्बन्धित कानुन बमोजिम कारवाहीको माग गर्दछौं,’ विज्ञप्तीमा छ ।
अस्पतालका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपालको दुर्गम भागमा सिमित स्रोत र साधनका बाबजुद चिकित्सकहरु अहोरात्र समर्पित रहेको उल्लेख गर्दै चिकित्सक सुरिक्षत नहुनु स्वास्थ्य प्रणालीको औचित्वसँग जोडिएको प्रश्न भएको बताएका छन् ।
उनीहरुले यस्ता घटनाले स्वास्थ्यकर्मीहरुको मनोबल घटाउने मात्रै नभएर स्वास्थ्य सेवाको गुणस्तरदेखि विदेशी रहेका स्वास्थ्यकर्मीले नेपालमै देख्ने भविष्य पनि जोखिममा पर्दै जाने उल्लेख गरेका छन् ।