२०८१ कात्तिक ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ?

बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ?


जिब्रोमा बीचमा रातो हुने र वरिपरी खेतो देखिने, हात र खुट्टामा पानी फोका देखिने हुन्छ । उच्च ज्वरो आउने हुन्छ । साना बालबालिकामा देखिने यस्तो अवस्थामा के भएको हो भन्नेतर्फ ध्यान नपुग्दा कहिलेकाहीं जटिल पनि हुन्छ सक्छ ।

अब लाग्न सक्छ त्यो के रोग हो त ? ह्यान्ड फुट माउथ डिजिज (एचएफएमडी) सामान्यतयाः ५ वर्षमुनिका बालबालिकामा देखिने कोक्साकी भाइरस संक्रमित रोग हो । कहिलेकाहीँ ठूला मानिसमा देखिन सक्ने भएपनि यो बालबालिकामा बढी देखापर्छ ।

ठूला मानिसमा देखिने रोग बच्चाकै जस्तो भने हुँदैन् । दिसा, ¥याल र हातको माध्यमबाट सर्छ । मन्टेश्वरी जाने गरेका बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ । बच्चाबाट आमामा सर्ने सम्भावना हुँदैन् ।

तर, आमामा संक्रमण भएको अवस्थामा बच्चामा सर्ने सम्भावना भने हुन्छ । ९० प्रतिशतमा सामान्य अवस्थामा नै १० दिन जतिमा आफैं हराएर जान्छ । केहीमा भने उच्च ज्वरो निकाल्ने, निमोनिया गराउने, खान नमिल्ने हुने हुन्छ भने मिर्गाैलामा असर गर्न सक्छ ।

ठोस खान नसक्ने भएकाले झोल (सुप) खुवाउने गर्नुपर्छ । तातो खाँदा खान गाह्रो हुने भएकाले तातो दिनु हुँदैन । झोल खानेकुरा खान नसक्ने अवस्थामा दुखाइ कम गर्ने औषधी दिनुपर्ने हुन्छ । त्यति गर्दा पनि बच्चाले खान नसकेमा अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ ।

बच्चाहरुलाई अधिक ज्वरो आएमा, डाबर आएमा, सामान्य स्वास्थ्य अवस्थामा कमजोर भएमा डाक्टरको निगरानीमा उपचार गराउनुपर्छ ।

एचएफएमडीको लागि कुनै विशेष उपचार उपलब्ध छैन । ज्वरो, डाबर र घाउलगायत लक्षणहरु स्वाभाविक रुपमा एक हप्तामा आफैं कम हुन्छ । केही लक्षणयुक्त उपचारहरुले घाउको दुखाइ तथा ज्वरो, पीडा कम गर्न सक्दछ । सिंगान, खकार, दिसा पिसाब सफाइ गरेपछि र भिजेको मैलायुक्त सामानहरु चलाएपछि हात धुने गर्दा संक्रमणबाट जोगिन सकिन्छ ।

वर्षाको समयमा भाइरस सक्रिय हुने भएकाले फोहोर पानीको माध्यमबाट धेरै सर्ने गर्छ । संक्रमणको ३/४ दिनमा देखिन्छ । ठेउलाजस्तो पानी फोका देखिन्छ, हत्केला, जिब्रो र पैतालामा एकसाथ फोका देखिन्छ । तर, ठेउलाको फोका मुखभित्र आउँदैन् । भाइरसबाट संक्रमित हुने भएकाले छिमेकमा अरु कसैमा संक्रमण भएको भएमा ह्यान्ड फुट माउथ डिजिज हो भनेर पहिचान गर्न पनि सकिन्छ ।

—हेल्थ आवाजका लागि सुनील सापकोटाले गरेको कुराकानीको सम्पादित अंश


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ