२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशएचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर

एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर


पोखरा—लमजुङ जिल्लाको सुन्दरबजारमा एचडिसिएस नमुना सामुदायिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । २९ भदौैंमा अस्पतालले एकदिने दन्त रोग तथा फिजियोथेरापी सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ढाड तथा कम्मरको दुखाइ, नसा च्यापिएको, हातखुट्टा झमझमाउने, गर्दन कुम, घुँडा दुखेको तथा हाडजोर्नीका समस्याको उपचार गरिएको अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अस्पतालले नियमित रुपमा एक जना फिजियोथेरापिस्टमार्फत सेवा दिइरहेकोमा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शिविर सञ्चालन गरेको हो ।

त्यस्तै, दन्त परीक्षण १ सय ८४ जनाको स्वास्थ्य जाँच गरिएको थियो । अस्पतालले सःशुल्क रुपमा दाँत भर्ने, दाँतको जरैदेखि उपचार, स्थायी तथा अस्थायी दाँत राख्ने सेवा दिँदै आएको छ । दाँतमा क्याप राख्ने, दाँतको विशेष एक्स—रे, दाँत मिलाउनेलगायत सेवा पनि अस्पतालाम उपलब्ध छन् ।

मेडिकल सेवामा अन्तरंग तथा बहिरंग सेवा प्रवाह गर्दै आएको छ । मानसिक रोग सम्बन्धी जाँच तथा परामर्श, जनरल सर्जरी, क्षयरोग, खोप सेवा, मिर्गाैला रोगसम्बन्धी सेवा, मनोविमर्श, टेलिमेडिसिन सेवा, गरिब तथा असहायका लागि निःशुल्क सेवा, प्यालिएटिभ केयर सेवा दिँदै आएको छ । अस्पतालमा ४० जना स्वास्थ्यकर्मी तथा कर्मचारीले सेवा दिइरहेको श्रेष्ठ बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ