२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमणिपाल शिक्षण अस्पतालमा थपिए ७२ आईसीयु बेड

मणिपाल शिक्षण अस्पतालमा थपिए ७२ आईसीयु बेड

१ सय ६६ आईसीयु बेडसहित नेपालमै धेरै आईसीयु बेड भएको अस्पतालको दाबी


पोखरा—पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा ७२ आईसीयु बेड थपिएका छन् । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मणिपालमा थप गरिएको आईसीयु कक्षको उद्घाटन गरेका हुन् ।

यसअघि ९४ बेड आईसीयु सञ्चालन गरेको अस्पतालले ७४ बेड थप गरेपछि नेपालकै धेरै आईसीयु बेड भएको अस्पताल भएको दाबी गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत आईसीयु बेड नहुँदा मणिपाल रिफर गर्ने गरेको थियो ।

१ सय ६६ आईसीयु बेड भएपछि बेड नपाएर गण्डकीका बिरामी राजधानी वा अन्यत्र जानुपर्ने बाध्यता नहुने अस्पतालका अध्यक्ष आनन्द बतासले बताए । आईसीयु कक्षमा रहेका प्रत्येक शैय्यामा मोनिटर, भेन्टिलेटर, इसिजी मेसिन, युएसजी तथा इको प्रणालीहरु जडान गरिएको छ ।

उनका अनुसार ७२ शैय्या क्षमताको एड्भान्स लेभल–३ भनिने मल्टिडिस्पिनरी आईसीयु कक्षमा दुई वटा नेगेटिभ प्रेसर आइसोलेसन आईसीयु क्याविन र तीन वटा प्राइभेट आईसीयु क्याबिनसमेत छन् । छिटो रोग सर्ने बिरामीको नेगेटिभ प्रेसर आइसोलेसन आईसीयु क्याबिनमा उपचार गरिन्छ ।

अब तीन महिनाभित्रमा सुविधासम्पन्न ल्याबसमेत सञ्चालन गर्ने अस्पताललने जनाएको छ । अबको आठ महिनामा फुलबडी चेक अफसहितको वेलनेस सेन्टर सञ्चालनमा ल्याउने योजना अध्यक्ष बतासले सुनाए ।

हस्पिटल बस किन्ने योजनामेमत रहेको छ । हाल ११ वटा डाइलाइसिस मेसिनबाट डायलाइसीस सेवासमेत दिँदै आएको भएपनि १० वटा थप्ने अस्पतालको योजना छ ।

आईसीयु कक्षमा एक जना बिरामीका लागि एक नर्ससहित विशेषज्ञ डाक्टरको टिम नै सक्रिय रहने अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक मास्केले बताए ।

अस्पतालका प्रा.डा. सिपी आचार्यले यसअघि सुविधासम्पन्न आईसीयु अभावमा क्रिटिकल बिरामीलाई काठमाडौं रेफर गर्नुपरेको बताए । उनले सघन उपचार कक्ष बनेपछि मणिपालमा भेन्टिलेटरको संख्या ३४ पुगेको जानकारी दिए । कोभिड—१९ महामारीताका भेन्टिलेटर अभावमा कैयौंले ज्यान गुमाउनुपरेको पीडा महसुस गरेर सघन उपचार कक्षमा पर्याप्त भेन्टिलेटर व्यवस्था गरेको अस्पतालका निर्देशक नारायण पौडेलले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ