२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशका १२ वटा अस्पतालको ईएमआरसम्बन्धी प्रादेशिक गोष्ठी सम्पन्न

गण्डकी प्रदेशका १२ वटा अस्पतालको ईएमआरसम्बन्धी प्रादेशिक गोष्ठी सम्पन्न


पोखरा—गण्डकी प्रदेशका १२ वटा अस्पतालको इलेक्टोनिक्स मेडिकल रेकर्ड (ईएमआर) अवस्थाको समीक्षा तथा सुधारका कार्यहरुबारे गोष्ठी भएको छ । गोष्ठीमा संघीय उपचारात्मक सेवा महाशाखाबाट डा. अच्युतराज कार्की र स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाबाट भर्चुअल्ली सहभागिता रहेको थियो ।

गोष्ठीमा प्रदेशमातहतका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, ईएमआर फोकल पर्सन, प्रत्येक अस्पतालका मेडिकल रेकर्डरहरुको सहभागिता थियो । प्रदेशले कुन चरणमा कस्तो अवस्थामा काम भइरहेको छ भन्नेबारे समीक्षा भएको थियो ।

संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन फागुनतिर नै गोष्ठी गर्ने योजना भएपनि विविध कारणले अलि ढिला भएको बताए ।

प्रदेश मातहतका अस्पतालमध्ये सर्वाेत्कृष्ट ईएमआर प्रणाली संक्रामक अस्पतालमा नै रहेको निर्देशक डा. गौचनले दाबी गरे ।

उनका अनुसार ईएमआर हुँदा बिरामी र डाक्टरबीचको निकटता तथ्यांकमा हुने र उपचारमा सहज हुन्छ । कागजी तथ्यांकको तुलनामा इएमआर प्रणाली प्रशासनिक खर्च घट्ने र बिरामीले फाइल बोकेर हिँड्नुपर्ने तथा महत्वपूर्ण कागजात हराउने समस्या पनि नहुने उनको भनाइ थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ