२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका १ लाख १० हजार बालबालिकालाई विद्यालयमै पुगेर पोलियो भ्याक्सिन लगाइने

गण्डकीका १ लाख १० हजार बालबालिकालाई विद्यालयमै पुगेर पोलियो भ्याक्सिन लगाइने


पोखरा—गण्डकी प्रदेशका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) खोप लगाइने भएको छ । १३ देखि २६ जेठसम्म खोप अभियान सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत वि.सं. २०७३ साल वैशाखदेखि वि.सं. २०७५ असोजसम्म जन्मेका बालबालिकाका लागि खोप लगाइने सामाजिक विकास तथा स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सो अवधिमा आईपीभी खोप उत्पादन नभएका कारण बालबालिका खोप लगाउनबाट बञ्चित भएका थिए ।

खोप अधिकृत एकनारायण लम्सालका अनुसार कास्कीमा २८ हजार ३ सय ७, स्याङ्जामा १० हजार १ सय ४५, गोरखामा ८ हजार ५ सय ३९, लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय, म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई खोप लगाउन पाउनेछन् ।

त्यस्तै, नवलपुरमा १९ हजार ७ सय २९, तनहुँमा १४ हजार ५ सय १२ र बागलुङमा ११ हजार ७ सय ७७ जनाले खोप लगाउन पाएका थिएनन् ।

अभियानअन्तर्गत विद्यालयमै पुगेर खोप लगाइने गण्डकी स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए । गण्डकीमा ११ जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्रमा स्वास्थ्यकर्मीसँगै ६ हजार ९ सय ६ जना स्वयंसेवक परिचालन गरिने उनको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ