२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशचरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट

चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट


पोखरा—पोखराको चरक मेमोरियल अस्पतालले ११ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क ओपिडी सेवाका साथै विभिन्न जाँच र फार्मेसीमा छुटको घोषणा गरेको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार भिडियो एक्सरेमा ५० प्रतिशत, प्रयोगशाला जाँचमा २० प्रतिशत, सिटी स्क्यान र एक्सरे सेवामा १५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट दिइएको छ ।

निःशुल्क ओपिडी सेवामा पत्थरी, हर्निया, पायल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नसा तथा मेरुदण्डका समस्या, सुगर, थाइराइड सम्बन्धी समस्या, मुटु, ब्लडप्रेसर, महिला तथा प्रसूति, बालरोग, पेट, छाती, फोक्सोसम्बन्धी समस्याको उपचार गराउन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालले गत साउनमा ओपन हार्ट सर्जरी सेवा सुरु गरेको थियो । अस्पतालमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको विपन्न नागरिक स्वास्थ्य कोषमार्फत १ लाखसम्मको मुटु उपचार सेवा निःशुल्क लिन सकिन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ