गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बिरामीको शल्यक्रिया गरेर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु बिरामीको शल्यक्रिया गरेर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २२ गते, ११:०५ मा प्रकाशित पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जनरल सर्जरी विभागका एक रेजिडेन्ट चिकित्सकको हृदयघातका कारण मृत्यु भएको छ । बुधबार राति शल्यक्रियामा संलग्न रहेर फर्किएका २५ वर्षीय डा. किरण श्रेष्ठको मृत्यु भएको हो । पाँचथर घर भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जरी स्नातकोत्तर तह प्रथम वर्ष अध्ययनरत डा. श्रेष्ठको बुधबार निधन भएको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले पुष्टि गरे । उनका अनुसार बुधबार राति शल्यक्रिया संलग्न रहेका डा. श्रेष्ठले आफूलाई असहज भएको बताएपछि साथीले आवासमम्म पु¥याएका थिए । प्रा.डा. खत्रीका अनुसार त्यसअघि पनि डा. श्रेष्ठले आराम गर्दै काम गरेका थिए । कोठामा पुगेपछि अचानक बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इमर्जेन्सी पु¥याइएकोमा थप उपचार हुन नसकेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । डा. श्रेष्ठ प्रतिष्ठानमा आवासीय चिकित्सकका रुपमा सेवारत थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला