पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रवासी नेपालीमञ्चको सहयोगमा स्थापना गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । प्लान्ट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार अक्सिजन प्लान्ट उद्घाटन गरेकाहुन् ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशकापूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संघीय सरकारकापूर्व स्वास्थ्यमन्त्री खगराजअधिकारी , पूर्व भूमिसुधार मन्त्री पद्मा अर्याललगायत सहभागी थिए । अस्पतालका तर्फबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री, डिन प्राडा श्रीकृष्ण श्रेष्ठ, निर्देशक प्राडा भरतबहादुर खत्रीलगायत सहभागी थिए ।
कार्यक्रमबीच प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री, डिन प्राडा श्रीकृष्ण श्रेष्ठ र निर्देशक भरतबहादुर खत्रीलाई प्रवासी नेपालीमञ्च, अन्तर्राष्ट्रिय कमिटीद्वारा सम्मान गरिएको छ ।
अक्सिजन प्लान्ट केहीमहिना अघि नै सञ्चालनमाआएको भएपनि टेस्ट पिरियड अलि बढी राखेर पछिमात्रै उद्घाटन गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले बताए । उनले भने, ‘लामो समय परीक्षण गरी उद्घाटन गर्दा त्यसबाट पाइने सुविधामा सुनिश्चितताहुनेछ भन्ने हो । ’
प्रवासी नेपालीमञ्चले इस्टलेसनका लागि ४५ लाखखर्च गरेको र ५ लाख अस्पतालको तर्फबाट व्यहोरिएको निर्देशक प्राडा खत्रीले बताए । उनले भने, ‘अहिलेको अवस्थामाबाहिरबाट अक्सिजनल्याउनु पर्दैन, कोभिडजस्तो महामारी आएर दैनिक ६÷७ सय सिलिन्डर खर्च गर्नुपर्ने अवस्था नभए अस्पतालको प्लान्टले थेग्न सक्छ ।’
प्राडा खत्रीअबअहिलेको अवस्थामाबतास अर्गनाइजेसनमार्फत आउनलागेको प्लान्ट बतास समूहले नै इन्स्टलेसन गरिदिएमात्रै राख्ने नत्रआवश्यकभएको अन्य अस्पतालमा देऊ भनिएको बताउँछन् । उनले भने,‘इन्स्टलेसनमात्रै करिब ५० लाख लाग्छ, सर्भिसिङ गर्नुपर्ने हुन्छ । इन्स्टलेसन र ३ वर्ष सर्भिसिङ गरिदिने भएमात्रै लिन्छौं ।’
हालै उद्घाटन गरिएको प्लान्टबाट सिधै पाइपलाइनमार्फत पठाउँदा २ सय सिलिन्डर बराबर र फिलिङ गर्दा १ सय २० सिलिन्डर उत्पादनहुने अक्सिजनफोकल पर्सन विमल बरालले जानकारी दिए । अहिले दैनिक २ वटा प्लान्टबाट २ सय ८० सिलिन्डर अक्सिजनउत्पादनहुने उनको भनाइ थियो ।
अस्पतालमाहाल ४०देखि ५० सिलिन्डर अक्सिजन खपत भइरहेको छ । यो अवस्थामा अहिलेको प्लान्टबाट उत्पादितअक्सिजनपर्याप्तभएर अन्य अस्पताल वा स्वास्थ्यचौकीमा पठाउन सकिने अवस्था छ । नेपाल सरकारमार्फत १ सय सिलिन्डर क्षमताको प्लान्ट अबको करिब ६ महिनाआइपुग्ने उनको अनुमान छ ।
नेपाल सरकारमार्फत आउने भनिएको प्लान्ट सबभन्दापहिले प्रस्तावगरिएको भएपनि सबैभन्दा पछिमात्र आइपुग्ने देखिएको छ । ढिलो भएको र अक्सिजनपर्याप्तभएको अहिलेको अवस्थामापनिअबआउने १ सय सिलिन्डर क्षमताको प्लान्ट राख्नु उपयुक्तहुने विमल बराल बताउँछन् । उनले भने, ‘सर्भिसिङ, मर्मत गर्नुपर्ने अवस्थामापनिआलोपालो उपयोग गर्न सकिन्छ भने थोरै मागहुँदाकमक्षमताको सञ्चालनगर्दा अपरेटिङ कस्ट कम पर्न आउँछ ।’