ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी
पोखरा – पोखराको जिरोकिमीस्थित रिजनल हस्पिटलमा ओठ तथा तालु फाटेका १७ जना बालबालिकाको नि:शुल्क प्लास्टिक सर्जरी गरिएको छ । गण्डकीका दूर्गम गाउँबाट स्क्रीनिङ गरी ५० जना बालबालिकामा उक्त समस्या भएको पत्ता लागेको भए पनि १७ जनाको मात्रै सर्जरी गरिएको अस्पतालले जनाएको हो ।
स्माइल ट्रेन्डको सहयोगमा रिजनल अस्पताल तथा बि एन बि अस्पतालको सहकार्यमा प्लास्टिक सर्जरी गरिएको अस्पतालका व्यवस्थापक अर्जुन शर्माले बताए । शर्माका अनुसार रिजनल अस्पतालमा यसप्रकारको सर्जरी पहिलो हो ।
बालबालिकामा तौल, उमेर लगायत विभिन्न मापदण्ड नपुगेका कारण अन्यको सर्जरी नभएको र वातावरण मिलाएर गर्न सकिने बताइएको छ । सर्जरी बेहोस गराएर गर्नुपर्ने भएकाले १ वर्ष उमेर पुगेको हुनुपर्छ । सर्जरी गरिएका १७ जना १ देखि १४-१५ वर्षसम्मका रहेका छन् । केहीको भने पटक पटक सर्जरी गर्नुपर्ने पनि हुनसक्ने हुन्छ ।
गत वैशाख जेठमा नै गर्ने तयारी गरिएको भए पनि कोभिडका कारण हालै मात्र सर्जरी गरिएको शर्माले बताए । यसअघि गरिएको स्क्रीनिङ शिविरमा बागलुङ, स्याङ्जा, तनहुँ, कास्की लगायत जिल्लाबाट ओठ तथा तालु फाटेका बिरामी पत्ता लागेका हुन् । यसप्रकारका बिरामी पत्ता लगाउन स्वयंसेविका, अपांगतासम्बन्धी संघसंस्थासँग सहकार्य गर्न सहयोगी संस्था स्माइल ट्रेन्डलाई सुझाव दिइएको व्यवस्थापक शर्माले उल्लेख गरे ।
दूर्गम ठाउँहरुमा ओठ तथा तालु फाटेका बालबालिका भेटिए पनि उनीहरु सर्जरी गर्न तयार नहुने गरेको भेटिएको छ । यस्तो हुनु लक्की हुनु, वा शुभ हुने संकेतका रुपमा लिने अन्धविश्वासले अझै पनि यस्ता समस्या भएका बिरामी रहेको शर्मा बताउँछन् ।
यो अन्य रोगजस्तो नभएका कारण पनि तत्काल सर्जरी गर्न नचाहने हुनाले पनि सबै बिरामीको सर्जरी नभएको हुनसक्ने शर्मा बताउँछन् । व्यवस्थापक शर्मा जन्मजातै ओठ तथा तालु फाटेका मानिस देशभरबाट जहाँ भए पनि बिरामीको अनुकूलतामा सर्जरी गर्ने सुविधा हुने बताउँछन् ।
धेरै पढिएका
- १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र
- २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर
- ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै
- ४ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी
- ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द
- ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन
- ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित
तपाईको प्रतिक्रिया दिनुहोस