गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु सुनील सापकोटा शनिबार, २०७८ जेठ १ गते, १०:३० मा प्रकाशित पोखरा–कोभिड–१९ को संक्रमणबाट बागलुङको बडीगाड गाउँपालिका–४ मा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेएका घरका बाबुछोरा भएको बडिगाड–४ का अध्यक्ष प्रेम गलामीले बताए । उनका अनुसार मृत्यु भएका ८७ वर्षीय बाबु र २ छोरा ५१ र ४० वर्षका छन् । गलामीले वडामा ३० जनाको पिसिआर जाँच गरिएकोमा २५ जनाको पोजेटिभ आएको उनले बताए । उनले भने, ‘५० भन्दा बढी घरपरिवारमा लक्षण देखिएपछि अहिले कोही पनि बाहिर निस्कन सक्ने अवस्था छैन ।’ वडाध्यक्ष गलामीको परिवारमा समेत कोरोनाको लक्षण देखिएको उनले बताए । उनी होम आइसोलेसनमा छन् । वडा नम्बर ४ बाहेक गाउँपालिकाका अन्य वडाका ५० स्याम्पल शुक्रबार पिसिआर जाँचका लागि पठाएको र रिपोर्ट आएपछि कसरी अघि बढ्ने भन्ने योजना बनाउन सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए । गाउँपालिकाभरिमा ४७ जना संक्रमित भएकोमा कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएको उनले बताए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम