पोखरा – काठमाडौं उपत्यकामा मुख्यसहित ६ वटा शाखा रहेको निरामया डायग्नोस्टिक्स प्रालिले पोखरा–९ बास्तोलाथरमा शाखा खोलेको छ । यो काठमाडौं उपत्यकाबाहिरको पहिलो र संस्थाको सातौं शाखा भएको निरामयाका सिइओ मृगेन्द्रमान लाभाजूले जानकारी दिए ।
निरामयामा एमडी प्याथोलोजिस्ट, एमडी प्याथोलाजिस्ट (छालारोग विशेषज्ञ), एमडी बायोकेमेस्ट्री, एमडी माइक्रोबायोलोजिस्ट, टेक्नोलोजिस्ट र टेक्निसियन कार्यरत छन् । स्थापनाको साढे २ वर्षमा ७ वटा शाखा बिस्तार गर्न सक्नुमा सेवाग्राहीको विश्वास रहेको सिइओ लाभाजू बताउँछन् ।
केही टेस्टको लागि पोखरामा स्याम्पल संकलन गरी काठमाडौं पठाइने र रिपोर्ट दिनुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ थियो । अरुभन्दा विशेष र सस्तो सेवा दिने दाबी गर्दै सिइओ लाभाजूले मल्टिकुलर बेस्ड टेस्ट काठमाडौंमै हुने जानकारी दिए ।
उनले भने, ‘परीक्षणको समय बाहेक आजको आजै अनलाइन रिपोर्ट दिने व्यवस्था निरामयाले गरेको छ । जुनसुकै शाखाबाट रिपोर्ट लिन सकिने सुविधा पनि छ । बिहान दिएको स्याम्पलको रिपोर्ट परीक्षण अवधि बढी लाग्नेबाहेकको अवस्थामा २-३ बजे नै उपलब्ध गराउन सक्छौं ।’
सेकेन्ड लेभल क्यान्सर डायग्नोसिस काठमाडौंमा छिट्टै सुरु हुने सिइओ लाभाजूले बताए । निरामयामा अहिले कारोना जाँच गर्न सक्ने पूर्वाधार भए पनि कोरोना जाँच अनुमति नै नमागिएको सिइओ लाभाजूले उल्लेख गरे । तर निरामयामा कोरोना एन्टीबडी जाँच गर्न भने सकिन्छ ।
‘सरकारद्वारा निर्धारित मापदण्ड पूरा गरेका छौं । यो ल्याबका सबै उपकरण र रिएजेन्ट सर्टिफाइड छन् । आन्तरिक क्वालिटी कन्ट्रोलका साथै इन्टरनेसनल क्वालिटी कन्ट्रोल प्रोग्रामको माध्यमबाट हरेक रिपोर्टको एक्युरेसी मापन हुन्छ, हाम्रो उद्देश्यचाहिँ सही रिपोर्ट जाओस् भन्ने हो ।’ ,सिइओ लाभाजूले भने ।
‘बिरामीको आवश्यकता अनुसार घरघरमै पुगेर स्याम्पल संकलन गर्ने सुविधा पनि निरामयाले प्रदान गरेको छ । काठमाडौंकै सेवा पोखरामा उपलब्ध गराउने लक्ष्य रहेको सिइओ लाभाजूले प्रष्ट्याए ।