गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १२ गते, १३:४२ मा प्रकाशित पोखरा – कोरोना कहरका बेला पोखराको मणिपाल शिक्षण अस्पतालले टिकट शुल्कसहित अन्य सेवाको मूल्य बढाएको छ । यसअघि ओपीडि सेवा लिदा लिदइने गरेको १ सय रुपैयाँ लाइ अहिले ओपिडी र इमर्जेन्सी दुवै शुल्क एकैठाँउ जोडेर ६ सय बनाइएको छ । कोरोना महामारी अघि सामान्य शल्यक्रिया शुल्क २ हजार १ सय लिइदै आएकोमा ३ हजार ४ सय ९५ बनाइएको छ । सिटी स्क्यान, इको लगायतका जाँचको समेत शुल्क बढेको छ । कोरोनाका कारण बिरामी घटेपछि अस्पताल खर्च धान्न सामान्य मूल्यवृद्धि गर्नुपरेको अस्पतालको भनाइ छ । अहिले नोक्सान बढेपछि केही शीर्षकमा मूल्य बढाएर अस्पतालको खर्च धान्नुपरेको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए । उनले अझै पनि मणिपालको सेवा सरकारी अस्पतालको भन्दा सस्तो भएको दाबी गरे । दैनिक १ हजारभन्दा बढीले सेवा लिने मणिपालमा अहिले करिब २० प्रतिशतमात्र बिरामी आएको अस्पतालका अधिकारीहरुको दाबी छ । दैनिक २ सय हाराहारी बिरामी आउँदा खर्च धान्न निकै कठिन भएपछि केही जाँचमा मूल्य थोरै बढाएको भारद्वाजको भनाइ छ । यसरी भएको मूल्यवृद्धिले सेवाग्राही भने मर्कामा परेका छन् । पोखरा १० बाट मणिपाल पुगेका रोशन गुरुङले महामारीमा अस्पतालहरुले समेत ढाड सेक्न खोजेको गुनासो गरे । उनले भने, पुराना डाक्टरले जाच्दा रहेनछन्, पढ्दै गरेका विद्यार्थीले जाँच्ने, शुल्कचाहिँ यति महंगो कसरी हुन्छ ?’ उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला अहिलेको महामारी, आर्थिक मन्दीको अवस्थामा अस्पतालले गरेको मूल्यवृद्धि अस्वभाविक र आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘सबैले कही न कही राहत दिनुपर्ने समयमा अस्पतालले सामाजिक उत्तरदायित्व त वहन गरेन नै उपभोक्ताको ढाड सेक्यो ।’ क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कोरोना, #पोखरा, #मनिपाल शिक्षण अस्पताल, #महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त धेरै पढिएका १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ५ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग ६ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण ५० लाख उठाएर न्याम्सले २ वर्षदेखि किन गर्न सकेन दीक्षान्त ? त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण ५० लाख उठाएर न्याम्सले २ वर्षदेखि किन गर्न सकेन दीक्षान्त ?