२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने


काठमाडौं—नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । ६, २० र २७ वैशाखमा सञ्चालन हुने निःशुल्क ओपीडीमा अस्पतालका जीआई, ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्टेन्ट सर्जन डा. प्रकाश चौधरीले सेवा दिनेछन् ।

ओपीडीमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क परामर्शका साथै विशेष स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

ओपीडी बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ । यो सेवा लिन अस्पतालको फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ