काठमाडौं – वात्सल्य नेचुरल आई.भी.एफ क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
प्रजनन् समबन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने उद्देश्यले पोखरा, विर्तामोड, नेपालगंज र जनकपुरमा एक/एक दिनको शिविर गराउन लागेको क्लिनिकले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हो।
उक्त शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने बताइएको छ। शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निसन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्।
पूर्ण परीक्षण पश्चात आई.भीनै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको विज्ञप्तिमा उल्लेख छ।
शिविर तालिका
पौष ३ गते, शनिबार – मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा
पौष १० गते, शनिबार – निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापा
पौष १७ गते, शनिबार – वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बि।टि।एस। चौक, नेपालगंज, नर्सिंग होम अगाडि
पौष २४ गते, शनिबार – प्रदीप क्लिनिक, हस्पिटल रोड( वार्ड ६, जनकपुर, जनकपुर प्रादेशिक अस्पतालको अगाडि
(समय बिहान १० बजे देखि) (नाम दर्ताका लागि सम्पर्क नम्बर :- ९८०१८२३४०१ र ९८०२३२०९९१)