२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटसुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर

सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर


धनगढी-सुदूरपश्चिम फाउन्डेसनले धनगढीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। धनगढी उपमहानगरपालिका- १७ को धुरजन्नाका सुकुम्बासी शिविरलाई लक्षित गर्दै फाउन्डेसनले शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।

धनगढीको माया मेट्रो अस्पतालको सहकार्यमा नाक, कान, घाटी, स्त्री रोग र जनरल फिजिसियनतर्फका विरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको फाउन्डेनका अध्यक्ष भरत शाहले जानकारी दिए।

उनका अनुसार शिविरमा चार सय ९० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। शिविरमा माया मेट्रो अस्पतालका अध्यक्ष समेत रहेका डाक्टर धिरेन्द्र साउँद लगायतका चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ