गृहपृष्ठ ∕ वैकल्पिक चिकित्सा ∕ स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, ०५:०६ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल सरोकारवालाहरु भन्छन्, ‘आयुर्वेद विकासका लागि एक हुनुपर्छ’ धौलागिरी आयुर्वेद औषधालयमा अकुपञ्चर र क्षारसूत्र सर्जरी सेवा सुरू यसरी बुझौं योगको महत्व एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण यौगिक कर्मद्धारा आफूलाई चिनौं –गुरुदेशलाई चिनाऔं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय