शरीरको प्रत्येक अंगलाई फाइदा मिल्ने योग

शवको अर्थ हो मूर्दा । शवासनमा शरीरलाई मूर्दाजस्तै अचल र स्थिर राखिन्छ । यस आसनको उद्देश्य शरीरलाई शिथिल पार्दै गहन विश्रामको अवस्थामा पु¥याउनु हो । प्रायः शवासन सबै आसनहरू पूरा गरिसकेपछि अन्तमा गरिन्छ । आसनहरूको श्रमद्वारा उत्पन्न थकाई मेटाउन यो आसन अत्यन्त प्रभावकारी छ । आवश्यकता परेमा अन्य आसनहरूका
बिचमा पनि शवासन गर्न सकिन्छ ।
यो आसन आवश्यकताअनुसार जुनसुकै समयमा पनि गर्न सकिन्छ । दिउँसो कुनै पनि समयमा कुनै विशेष परिश्रम पर्ने
काम गरेर थाकेपछि केही समयका लागि शवासन गर्नाले शान्ति एवम् स्फूर्ति प्राप्त हुन्छ । यो योगासन सम्पूर्ण शरिरका अंगका लागि फाइदाजनक हुन्छ ।
विधि
— उत्तानो परेर सुत्नुहोस् ।
— खुट्टालाई १ देखि १।५ फिट जति फैलाएर राख्दै हात शरीरबाट आधा फिट जति टाढा हत्केला आकाशतिर
फर्काएर सुत्नुहोस् ।
— टाउकालाई आरामदायक अवस्थामा राख्दै आँखा बन्द गर्नुहोस् ।
— पूरै शरीरलाई शिथिल छोड्नुहोस् जहाँ कुनै तनाव नरहोस् ।
— छातीका मांसपेशीहरूलाई खुकुलो पारेर केहीवेर गहिरो श्वास लिँदै, छोड्दै गर्नुहोस् ।
— अब पूरै चेतना दुवै पैतालामा केन्द्रित गर्नुहोस् र पैतालालाई गहन आराम भइरहेको महसुस गर्नुहोस् ।
— विस्तारै चेतनालाई नली तथा घठ कम गर्छ । जाम भएका मांसपेशी, नशनाडीलाई खुलाउँछ । योगको उच्चतम अवस्था धारणा, ध्यानको अभ्यास र समाधिको प्राप्तिका लागि शरीर र मनलाई तयार गर्छ ।
फाइदा
- सक्रिय र थाइरोइड ग्रन्थलाई सक्रिय बनाउनुको साथै पोषण दिन्छ ।
- मुटुको मांसपेशीहरुलाई सक्रिय गर्ने र मुटुमा शुद्ध रगतलाई पठाउँछ ।
- बाँझोपन र गर्भपात जस्ता समस्याहरु हटाउँछ।
- महिनावारीको समस्याबाट छुट्कारा दिन्छ ।
- कब्जियत हटाउँछ र पाचन प्रणाली सक्रिय गर्दछ।
- यो आसनले थकान र कमजोरी हटाउनमा धेरै मद्दत गर्छ ।
- हात र काँधहरुलाई बलियो बनाउँछ।
- धेरै रगत पुर्याएर मस्तिष्कलाई पोषण दिन्छ।
- मोटोपन घटाउन मद्दत गर्दछ।
स्रोत – ‘राष्ट्रिय योगाक्रम’ पुस्तकबाट
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ३ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
- ६ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव
- ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस