२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यआँपको पातका ८ फाइदा : उच्च रक्तचापदेखि मधुमेह नियन्त्रणसम्म

आँपको पातका ८ फाइदा : उच्च रक्तचापदेखि मधुमेह नियन्त्रणसम्म


आँपलाई फलफूलको राजा मानिन्छ । यो यस्तो फल हो जसले सबैको मन लोभ्याउने गर्छ । जति स्वादिलो र फाइदाजनक आँप छ, त्यसको पात पनि त्यति नै स्वास्थ्यका लागि लाभकारी हुन्छ भन्ने बारे धेरै अन्जान छन् । एन्टी अक्सीडेन्ट गुण, भिटामिन ए, सी, तामा, पोटासियम र म्याग्नेसियमले भरिपूर्ण आँपको पात कुनै औषधिभन्दा कम मानिदैन् । उक्त पातले मुधुमेह, रक्तचाप र दमका रोगीहरुको उपचारमा निकै मद्धत गर्छ । यस लेखमा तपाईंहरुले आँपको फाइदा र नोक्सानबारे जानकारी प्राप्त गर्नुहुनेछ ।

आँपको पातका अचुक फाइदाहरु

१. अस्थामा पीडितको लागि लाभदायक

आस्थ्मा भएका बिरामीले आँपको पातको काढा बनाएर पिउने गर्नुपर्दछ । यस समस्याबाट छुटकारा मिल्नेछ । कयौपटक भान्छामा खाना पकाउने क्रममा हात पोल्ने गर्छ । त्यस समय आँपको पातले तपाईंलाई राहात दिन्छ । हात पोलेको खण्डमा आँपको पातको लेप लगाउहोस् जसले सन्चो बनाउँछ ।

२. बाडुल्की लाग्ने समस्याबाट छुट्कारा

बाडुल्की लाग्ने समस्याबाट ग्रसित व्यक्तिको लागि आँपको पात निकै फाइदाजनक हुन्छ । आँपको पातलाई उमालेर त्यसको पानी खाँदा बाडुल्की रोकिन्छ ।

३. पत्थरी पीडितलाई राहत

किड्नीमा पथरी हुनेहरुले दिनहुँ आँपको पातको धुलो बनाएर खाने गर्नाले धेरै राहत मिल्ने गर्छ ।

४. उक्त रक्तचाप नियन्त्रण

यदि तपाईंलाई उक्त रक्तचापको समस्या छ भने आपँको पात उमालेर साझा पानीमा हालेर नुहाउनुहोस् । यसबाट तपाईंको उक्त रक्तचाप नियन्त्रणमा आउँछ ।

५. मधुमेह नियन्त्रण

मधुमेहबाट पीडित व्यक्तिको लागि आँपको पात निकै फाइदाजनक हुने गर्छ । आँपको पातलाई घाममा सुकाएर पाउडर बनाउनुहोस् । दैनिक एक चम्चा खानाले मधुमेह नियन्त्रणमा आउँछ ।

६. कान दुख्ने समस्याबाट राहत

यदि तपाईंको कान दुख्ने समस्या छ भने आँपको पात निकै काम लाग्ने गर्छ । घरेलु उपायको रुपमा आँपको पातले कान दुखाइबाट छुटकारा पाउन सक्नुहुनेछ । आँपको पातबाट निकालिएको रसलाई ‘कान ड्रप’को रुपमा प्रयोग गर्न सक्नुहुनेछ । उक्त रसलाई कानमा हाल्नुअघि थोरै तातो बनाएर उपयोग गर्न सकिनेछ ।

७. अनुहारको कालो निशान हटाउँछ

अनुहारको कालो निशानले तपाईंको सुन्दरता र आत्मविश्वासलाई कम गर्ने गर्छ । विशेष रुपमा महिला यसबाट प्रभावित छन् । तपाईंको आँखाको आसपास र डण्डीफोर गएपछि कालो दाग देखिने गर्छ । यसबाट छुटकारा पाउन र चम्किलो बनाउन आँपको पातको प्रयोग गर्न सकिन्छ । यसको पातलाई सुकाएर धुलो बनाएर दहिसँग मिसाएर पेस्ट बनाउनुहोस् । यस मिश्रणले अनुहारको कालो दाग सबै हराउँछ ।

८. आँपको पातले साइड इफेक्ट गर्छ वा गर्दैन ?

आँपको पातमा आयुर्वेदिक गुण हुन्छ । आँपको पात एकपटकमा थोरै प्रयोग गर्नुपर्छ । यदि उक्त पातको रसबाट कुनै प्रकारको एलर्जी देखिएमा प्रयोग गर्न तुरुन्त बन्द गर्नुपर्दछ । तर, हालसम्मको अध्ययनले आँपको पातले नोक्सान गरेको नदेखिएको जनाइएको छ ।

(नोट : यो लेख तपाईंको जानकारीको लागि हो । त्यसकारण आँपको पातको प्रयोग गर्नुअघि चिकित्सकसँग अवश्य परामर्श लिनुहोस् ।)

अमर उजाला र अन्य एजेन्सीको सहयोगमा

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ