२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियमित कार्यबाहेक सबै काम छोडेर कोरोना नियन्त्रणको पूर्व तयारीमा लाग्यो स्वास्थ्य विभाग

नियमित कार्यबाहेक सबै काम छोडेर कोरोना नियन्त्रणको पूर्व तयारीमा लाग्यो स्वास्थ्य विभाग


काठमाडौं – स्वास्थ्य सेवा विभाग आफ्ना नियमित काम बाहेक अन्य कामलाई थाती राखेर कोरोना नियन्त्रणको पूर्व तयारीमा लागेको छ। कोरोना संक्रमणको महामारीलाई मध्य नजर गर्दै विभागले कोरोना नियन्त्रणको पूर्व तयारीको लागि ७ वटा टोली ७ वटा प्रदेशमा पठाउन लागेको हो ।

मन्त्रालयका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उक्त टोलीले प्रत्येक प्रदेशमा हब अस्पताल तयार गर्ने देखि स्थानीय अस्पतालहरुलाई कोरोना नियन्त्रणको लागि तयार गर्न सहयाेग गर्नेछ । प्रदेश मन्त्रालयलाई कोरोना नियन्त्रण पूर्व तयारीको जानकारी गराउने, प्रत्येक नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी आवश्यक न्यूनतम सामाग्री उपलब्ध गराउनमा कोरोना नियन्त्रणको लागि पठाइने टोलीको भूमिका रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुको नेतृत्वमा काठमाडौं उपत्यकामा ५ वटा टोली बनाउने र उक्त टोलीले वरपरका अस्पतालमा आएका कोरोना संक्रमणसँग समबन्धित शंकासपद विरामीहरुको विवरण संकलन गर्नेछ। त्यसैगरी कोरोना सम्बन्धी २४ औं घण्टा जानकारी प्रदान गर्न इपीडोमोलोजी तथा रोग नियन्त्रण तथा महाशाखामा ‘कोरोना इन्फर्मेशन सेन्टर’ स्थापना गर्ने तयारी भईरहेको उनले बताए।

चीनको वुहान हुँदै कोरोना भाइरसको संक्रमण हालसम्म ४१ देशमा पाइएको छ। कोरोनाको संक्रमण आफ्नो देशमा फैलन नदिन र नियन्त्रणको निमित्त यसको पूर्व तयारी गर्न लागिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ