दक्षिण कोरियामा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि कम्पनीहरुले थेगु सहरमा कामदारलाई निस्कन रोक लगाएको छ । कोरियामा पानी परेकाले चिसो बढेको छ जसका कारण संक्रमण दर बढीरहेको छ । विज्ञहरुका अनुसार कोरोना भाइरस २५ डिग्री सेल्सियस तापक्रम बन्दा मुनि निकै तिब्र रुपमा फैलने गरेको पाइएको छ ।
मुख्यगरी थेगु सहरमा धेरै संक्रमण देखिएको थेगु नेपाली सेन्टरका पूर्व संयोजक सुरेश खत्रीले बताए । जसमा २२ जना निको भएर घर गएका छन् । १२ जनाको मृत्यु भएको छ । थेगु, ख्यङ्बुक , बुसान , ख्याङ्गीदो , सउल , ख्यङ्नाम , ख्वाङ्जु , खाङ्वन , ख्याङ्बुक , थेजन , ऊल्सान , छनबुक , छुङ्नाम , ईन्छन , छन्नाम , छङजु , सेइछोङमा संक्रमण देखिएको छ । यी सबै सहरमा नेपालीह छन् ।
थेगु सहरमा रहेका एक नेपालीमा कोरोनासँग मिल्ने लक्षण देखियो
दक्षिण कोरियाको थेगु सहरमा रहेका नेपालीमा कोरोना भाइरसको आशंका गरिएको छ । ज्वरो, रुघाखोकी र जीउदुख्ने समस्या ग्रस्त ती नेपालीलाई कोरोना भाइरस आशंका गरिएको हो । कोरोना भाइरसको जीवाणुसंग मिल्ने लक्षण देखिएपछि उनको थेगुको दोङ्सान अस्पतालमा उपचार भएको छ । तर, पहिलो चरणको नमुना परिक्षणमा ‘कोरोना नेगेटिभ’ देखिएको खत्रीले जानकारी दिए ।
नेपालीहरुलाई कम्पनीबाट बाहिर निस्कन नदिए पनि कोरियनहरुको आवत जावत कम्पनीमा निकै बाक्लो रहेको खत्री बताउछन् । उनीहरुले बाहिरबाट संक्रमण ल्याउने दर निकै बढी छ । खत्रीले बताए अनुसार २ देखि ३ महिना अघि बिदा सारेर नेपालीहरु स्वदेश फर्कने तयारीमा लागेका छन् । कतिपयले टिकट समेत काटिसकेका छन् । चिकित्सकहरुले जोखिमबाट बच्न हात नमिलाउन, नियमित हात धुन, भिडभाडमा नजान, मास्कको प्रयोग गर्न भनेका छन् ।
कोरिया सरकारले क्वारेन्टाइन राख्ने घोषणा गरिनसकेका कारण आशंका लागेका व्यक्ति आफै सुरक्षित तवरले बसेका छन् । कोरियामा बुधबार सम्म ११४६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।