२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यइरानबाट मध्य एशियाको कुवेत र बहराइनसम्म पुग्यो कोभिड-१९

इरानबाट मध्य एशियाको कुवेत र बहराइनसम्म पुग्यो कोभिड-१९


मध्य एशियाको दुई देशमा कोरोना भाइरसको प्रकोप रहेको पुष्टि भएको छ। सोमबार कुवेत र बहराइनले आफ्नो देशमा पानि संक्रमित पाइएको पुष्टि गरेको छ। दुवै देशको मन्त्रालयले उक्त भाइरस पिडित बहराइनबाट आएको घोषणा गरे। कुवेत सरकारले इरानबाट आएका ३ नागरिकमा भाइरस संक्रमण देखिएको बताएको छ। संक्रमण बढेपछि दुवै देशले सतर्कता अपनाएका छन्।

चीन पछि विश्वको अर्को ठुलो केन्द्र बन्यो दक्षिण कोरिया

यसैबीच दक्षिण कोरियामा पनि कोरोना भाइरसको प्रकोप बढ्दै गईरहेको छ। चीन पछि दोश्रो ठुलो केन्द्र दक्षिण कोरिया बनेको हो। दक्षिण कोरियामा ७ सय ६३ जनामा कोरोनाको केस देखिएको छ। दक्षिणी शहरमा एक धार्मिक संप्रदायबाट त्यहाँ संक्रमण तिव्ररुपमा फैलिएको हो। आइतबार दक्षिण कोरियाका राष्‍ट्रपति मून जे-इनले कोरोनालाई लिएर अलर्ट जारी गरेका छन्।

चीनमा मृतकको संख्या दुई हजार नाघ्यो

कोभिडको रुप अब घातक बनेको छ। यसको प्रकोपले सोमबार चीनमा मृतकको संख्या दुई हजारभन्दा बढी पुगेको तथ्यांकले देखाएको छ। चीन हुँदै अन्य देशमा पनि संक्रमण व्यापकरुपमा देखिदै गएको छ। सबैभन्दा बढी दक्षिण कोरियामा मामला देखिएको छ। त्यसपछि इटली रईरानमा संक्रमितको आंकडा बढिरहेको देखिन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ