कोरियाका नेपालीलाई सर्तकता अपनाउन दुतावासको अनुरोध

काठमाडौं – चीनको वुहान प्रान्तबाट फैलदै गएको कोभिड–१९ बाट बच्नको निम्ति नेपाली राजदुतावासले कोरियास्थित रहेको नेपालीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । कोरियामा पनि सिमित संख्यामा उक्त भाइरसको संक्रमण फैलदै गएको भन्दै त्यहाँ रहेका नेपालीलाई सर्तकता अपनाउन दुतावासले एक विज्ञप्ति जारी गरी अनुरोध गरेकोे हो ।
विज्ञप्तिमा विशेषगरी थेगु र त्यहाँका आसपासका धेरै व्यक्तिमा संक्रमण देखा परेको भन्दै त्यहाँ रहेका विद्यार्थी, कामदार, व्यवसायी तथा अन्य पेशामा आबद्ध रहेका व्यक्तिले विशेष सावधानी अपनाउनु पर्ने कुरा उल्लेख गरिएको छ ।
कोभिड–१९ को संक्रमणबाट बच्नको निम्ति विभिन्न कोरियाली निकायहरुले पनि सचेतना र जानकारी मुलक प्रचार–प्रसारका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसका साथै कोरियाली सरकाले पनि अन्य मुलुकबाट आएका व्यक्तिहरुमा संक्रमणको आशंका देखेमा सार्वजनिक स्वास्थ संस्थाहरुमा पनि आवश्यक चेक जाँच गर्न छुट दिइएको छ ।
तसर्थ स्वास्थ्य निकायहरुले सुरक्षाका निम्ति समय–समयमा जारी गर्दै आएका त्यस्ता जानकारी तचथा उपायहरु अवलम्बन गर्नको निम्ति दुतावासले विशेष अनुरोध गरेको छ । यसरी भयावह अवस्थामा फैलिदै गएको संक्रमणलाई ध्यानमा राख्दै नेपाल–कोरिया सरकारले केहि समयावधिको लागि वैदेशिक रोजगारको निम्ति कोरिया प्रस्थानमा रोक लगाउने छलफलको तयारी गरेको छ ।
हालसम्म कोरियामा कोभिड–१९ बाट संक्रमण हुनेको संख्या ४ सय नाघिसकेको छ।
विज्ञप्ति:
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ३ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ६ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ७ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
तपाईको प्रतिक्रिया दिनुहोस