२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना असर : कोरिया जान प्रतिबन्ध लगाउने तयारी

कोरोना असर : कोरिया जान प्रतिबन्ध लगाउने तयारी


काठमाडौं – दक्षिण कोरियामा रोजगारका लागी पुगेका नेपालीहरुका विषयमा वैदेशिक रोजगार विभागले छलफल गर्ने भएको छ । (कोभिड-१९) को संक्रमण दर उच्च रुपमा बढेपछि नेपाल विभागले उच्च सतर्कता सहित आइतबार छलफल गर्न लागेको हो।

चीनमा तीब्र गतिमा बढीरहेको कोरोना भाइरसको प्रकोप पछिल्ला केही दिन यता दक्षिण कोरियामा समेत तीब्र रुपमा बढीरहेको छ । वैदेशिक रोजगार विमागका अनुसार कोरियामा करिब ४० हजार नेपाली कामदार रहेका छन् । कोरियाभर नेपालीहरु छरिएर रहेको विभागले जनाएको छ । कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबार ५५६ पुगेको छ । आइतबार बिहान सार्वजनिक भएको रिपोर्टमा थप १२३ जनामा संक्रमण भएको उल्लेख छ । यस्तै यो भाइरसबाट कोरियामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

अधिकारीहरुले बताए अनुसार संक्रमणको संख्या दोब्बरले बढेको छ । दैनिक कोरोना संक्रमणदर बढ्न थालेपछि त्यहाका नेपालीहरुको अवस्थाका बारेमा आज छलफल हुनेछ । ‘शुक्रबार र शनिवार नेपालमा सार्वजनिक बिदा भयो। आइतबार कोरियामा बिदा पर्यो। त्यसैले औपचारीक छलफल हुन सक्ने अवस्था रहेन।, ‘विभागका एपिस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद अधिकारीले भने।

सरकारले आगामी १८ फागुनमा नेपाली कामदार पठाउने तालिका रहेको छ । कोरोना देखिएका कारण नेपाली कामदार पठाउँने नपठाउँने विषयमा छलफल गरि निर्णय लिने विभागले जनाएको छ । सरकारले गत ४ फागुनमा चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली उद्धार गरेको थियो । चीनमा भन्दा बढी नेपाली कोरियामा छन त्यसमा पनि सबै कामदार रहेकाले उनिहरुलाई उद्धार गर्नुपर्ने अवस्था आउने अधिकारीहरुले बताएका छन् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ