२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ


काठमाडौं—स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेका हुन् ।

‘उहाँलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘आज नै यो निर्णय भएको हो ।’ श्रेष्ठ स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा कार्यरत छन् । उनी मन्त्रालयको समन्वय महाशाखा हेर्दै आएका थिए । श्रेष्ठलाई विभागको महानिर्देशक बनाएसँगै अहिलेका विभागका महानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ ।

यस्तै, मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी विकास देवकोटालाई दिइएको छ भने नीति तथा योजना महाशाखाको जिम्मेवारी डा. गुणराज लोहनीले पाएका छन् । यसअघि देवकोटा नीति तथा योजनामा थिए ।

यता, कान्ति वाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल र टेकु अस्पतालको निर्देशकमा डा. सागरराज भण्डारी नियुक्त भएका छन् । टेकुका निर्देशक डा. वासुदेव पाण्डेको भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भएको छ । यस्तै ट्रमाको मेसुमा भने डा. सन्तोष पौडेल नियुक्त भएका छन् । उनी त्यही कार्यरत १० औं तहका चिकित्सक हुन् ।

भेरी अस्पतालको मेसुमा डाक्टर प्रकाश थापा र कोशी अस्पतालको मेसुमा डा. चुमनलाल दास नियुक्त भएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ