२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल कलेजको शल्यक्रिया कक्षमा संक्रमण फैलियो

नेपाल मेडिकल कलेजको शल्यक्रिया कक्षमा संक्रमण फैलियो


काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया कक्षमा संक्रमण फैलिएको छ । प्रसुती कक्षमा शल्यक्रिया गर्दा दुई दिनमा तीन जनामा संक्रमण फैलिएको हो ।

तीन जनामै एउटै समस्या देखिएको थियो पिसाव नहुने । अस्पताले भने सलाइनपानीमा आशंका गरेको छ । विभिन्न अस्पतालमा फैलिएको संक्रमणलाई ध्यानमा राख्दै अस्पतालले सलाइनपानीका कारण यस्तो भएको अनुमान लगाएको छ ।

गत आइतबार एक र सोमबार दुई जनामा संक्रमण भएको अस्पतालका निर्देशक डा राजेशकिशोर श्रेष्ठले बताए । चिकित्सकहरुका अनुसार एन्टिबायोटीक र सलाइनपानी गुणस्तर नभएको खण्डमा पनि संक्रमण फैलन्छ ।

सलाइनपानी, एन्टिवायोटीक, इन्जेक्सन, अन्य औषधी वा अरु नै केही कारणले संक्रमण फैलिएको भन्ने बारेमा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ । डा. राजेशकिशोर श्रेष्ठले एकबाट दुई हुँदै संक्रमण बढ्न थालेपछि संवेदनशीलतालाई मध्यनजर गर्दै शल्यक्रिया रोकेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ