२०८१ मंसीर १, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपेटमा देखा पर्ने किटाणुको कारण बालवालिकाको व्यवहारमा परिवर्तन

पेटमा देखा पर्ने किटाणुको कारण बालवालिकाको व्यवहारमा परिवर्तन


पेटमा रहेका किटाणुले बालबालिकाको बानी–व्यवहारमा समेत परिवर्तन ल्याउने एक खोजले दावी गरेको छ। क्नेन स निस्कर्ष निकालेको छ । एमबायो जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार, बालबालिकाको पेटमा हुने ‘माइक्रो–अर्ग्यानिजम’ (सुक्ष्मजीवी) का कारण उनीहरुमा परिवर्तित व्यवहारको समस्या देखा पर्छ ।

उक्त निस्कर्ष फरक–फरक सामाजिक तथा आर्थिक समुहका ५ देखि ७ वर्षका ४० बालवालिकामा गरिएको ‘माइक्रोबायोम’ को विश्लेषणबाट प्राप्त भएको तथ्य मेडिकल न्युज टुडेले प्रकाशित गरेको थियो । प्राप्त निस्कर्षले कम उमेरमा बालवालिकामा देखा पर्ने यस्ता समस्याको उपचारमा सहयोग पुग्ने कुरामा अनुसन्धानकर्ताहरु ढुक्क देखिन्छन।

यस विषयमा धेरै खोज भएको छ। अधिकांश अध्ययनले ‘माइक्रोबायम’ ले शिशु तथा बालबालिकाको व्यवहार परिवर्तनमा प्रभाव पार्ने निस्कर्ष निकालको बताउँदै विशिष्ट अध्ययनका लेखक तथा आर्गेन स्टेट युनिभर्सिटिका प्रोफेसर थोमस सार्पट्नले भने ‘त्यस्ता सुक्ष्मजीवहरुले उनीहरुको घमन्ड, डर तथा संज्ञात्मक क्षेत्रमा परिवर्तन देखा पार्छ ।’ यसबाहेक यो शिशु तथा बालबालिकाको अन्य व्यवहारसंग सम्बन्धित छ कि छैन भन्ने विषयमा अझ राम्ररी प्रस्ट नभएको उनले बताए ।

अध्ययनको क्रममा अनुसन्धानकर्ताले सर्वेक्षणमा सहभागी भएकाहरुको पेटमा रहेका सुक्ष्म जिवाणुहरुको विश्लेषणको निम्ति दिशा परीक्षण गरेका थिए । यसका साथै उनीहरुका केयर गिभर(ध्यान राख्ने व्यक्ति) ले समेत उनीहरुको व्यवहार तथा उनीहरुको सम्बन्धको बारेमा प्रश्नोत्तर दिएका थिए ।

उच्च सामाजिक–आर्थिक भएको बालबालिकामा पनि विभिन्न प्रकारको माइक्रोबायलका संक्रमण रहेको अध्ययनले देखाएको थियो । आफ्ना व्यवहारमा परिवर्तन तथा गडबढि देखाएका बालबालिकामा आवेग, रिस तथा उदासीनतालाई अवरोध गर्ने जस्ता फरक किसिमका माइक्रोबायल प्रोफाइल समेत देखा परेको थियो ।

आर्थिक–सामाजिक अवस्था कमजोर भएका बालवालिका तथा व्यवहारमा परिवर्तन देखा परेका बालवालिकामा ‘ब्याक्टेरोइड्स फ्रजाइलिस’ जिवाणु देखा परेको थियो । अचम्मको कुरा के छ भने यसले रिस, आवेग, तनाव, भावनात्मक प्रतिकृया, बाहिरी, व्यवहार तथा मुड छिनको छिनमै परिवर्तन हुनेजस्ता व्यवहारलाई रोकी ती व्यवहारहरुलार्ई नियन्त्रण गर्नमा पनि सहयोग पु¥याउँछ (जस्तोः मानसिक स्वास्थ्यमा सुधार)।अनुसन्धानकर्ताले निस्कर्षमा गरे अनुसार ती बी. फ्रजाइलिस पारिवारिक आक्रमक घटनासंगसँग पनि कहिँ न कहिँ सम्बन्धित रहने कुरा उल्लेख गरेका छन् ।

लामो अध्ययनबाट पत्ता लागइएको यस नतिजाले बालवालिकामा माइक्रोबायमको उचित विश्लेषण तथा व्यवस्थापन गर्न सकिने अनुसन्धानका एक अध्ययनकर्ता साप्र्टनले बताए । ‘यसको माध्यमद्धारा बालबालिकाको व्यवहारमा समेत उचित नियन्त्रण गर्न सकिन्छ; उनले भने । उनका अनुसार, उनको यसल टिमले उक्त अध्ययनको निम्ति सर्वेक्षणमा सहभागी बालबालिकाको थप केहि वर्ष व्यवहारीक अध्ययन गर्ने योजना रहेको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ