२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ : वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने, चीनमा मृत्यु हुने संख्या १७ सय नाघ्यो

कोभिड-१९ : वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने, चीनमा मृत्यु हुने संख्या १७ सय नाघ्यो


चीनमा (कोभिड-१९)बाट मृत्यु हुने संख्या १ हजार ७ सय सत्तरी पुगेको छ। चिनियाँ समाचार एजेन्सी सिनुह्वाको अनुसार, चीनमा घातक कोभिड-१९को कारण हुवेई प्रान्तमा सोमबार थप १ सय ५ जनाको मृत्यु भएपछि १ हजार ७ सय ७० पुगेको जनाएको हो।

चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले उक्त भाइरसबाट नयाँ २ हजार ४८ जनामा थप संक्रमण देखिए पछि संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको जनाएको छ।

यसैबीच (कोभिड-१९) भाइरसको प्रकोप दिनानुदिन बढ्दै गएपछि सो भाइरसबाट प्रभावित बनेको चीनबाट नेपालले आइतबार आफ्नो १ सय ७५ नागरिकलाई उद्दार गरी स्वदेश ल्याएको छ। जसमा १ सय ३४ पुरुष र ४१ महिला छन्। ती मध्य वुहानमा पढ्ने १ सय ७० विद्यार्थी छन्। उक्त नागरिकलाई १४ देखि १७ दिनको लागि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनको व्यवस्था गरी राखिएको छ।

उनीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै व्यवस्थित रुपमा राखिएका छ। यसको साथै आजै उनीहरुको जाँच गरी नमुना संकलन गरिएको र यसको रिपोर्ट भने बुधबार मात्रै आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाई छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ