२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकपालमा लगाउने मेहेन्दीको अनेक फाइदा, छाला देखि पत्थरीसम्मको लागि बहुउपयोगी

कपालमा लगाउने मेहेन्दीको अनेक फाइदा, छाला देखि पत्थरीसम्मको लागि बहुउपयोगी


हात र कपाललाई सुन्दर बनाउने गुण मेहेन्दीमा हुन्छ। टेनिन, वासोन, मेइलिक एसिड, गुल्कोज र म्युसिलेज जस्तो तत्व पाइने मेहेन्दी कयौ रोगको औषधिको काम गर्ने गर्छ। मेहेन्दीको गुणबारे हरकोहिलाई थाहाँ नहुनसक्छ त्यसैले आज हामी तपाईलाई मेहेन्दीबाट हुने अनगिन्ती फाइदा बारे बताउदै छौ। आउनुहोस् जानौ ती के के हुन्….. ..?

चायाँबाट छुट्कारा

कपालमा चायाँ पर्ने आम बनेको छ। यसबाट राहत मिल्ने बजारमा थुप्रै सामानहरु छन् जुन छुट्कारा मिले दावी गर्छन। तर ती भन्दा मेहेन्दीले यस समस्याको निवारण गर्ने गर्छ। छालामा चिलाउने समस्याबाट पनि मुक्ति मिल्छ। मेहेन्दीमा कागती र दहि मिसाएर कपालमा लगाउनुहोस। यी दुबैमा एसिडिक हुन्छ जसले चिलाउने, चायाँ पर्ने समस्याबाट छुट्कारा दिलाउने गर्छ। हप्तामा एकपटक मेहेन्दी लगाउनु निकै लाभदायी हुन्छ।

मृत कोशिकाको नाश

त्वचासँग सम्बन्धित समस्या प्राय सबैलाई हुने गर्छ। अझ किशोरअवस्थामा बढी देखा पर्छ। तपाईलाई थाहाँ नहुनसक्छ मेहेन्दीले यस समस्याबाट छुट्कारा दिन्छती है। यसमा अधिक मात्रामा ‘टैनिन’ र ‘हेनोटैनिक’ एसिड हुने गर्छ। यी दुवै त्वचामा जमेको मृत कोशीकालाई समाप्त गर्छ।

परिवर्तनसील जीवनशैलीको असर शरीरले उठाउन परिरहेको छ। गलत खानपानले गर्दा स्टोनको समस्या प्राय व्यक्तिहरुमा देखिने गर्छ। मेहेन्दीले यसमा पनि संजीवनीको भूमिका निभाएको छ। यसमा मेलिक एसिड भएकोले मृगौलामा पत्थरी हुन् दिंदैन।

यसरी जोगाउनुहोस् मृगौला

  • आधा लिटर पानीमा ५० ग्राम मेहेन्दीको पात पिनेर मिलाउनुहोस्।
  • अब उक्त मिश्रित मेहेन्दीलाई उमाल्नुहोस।
  • उम्लिएको पानीलाई छानेर पिउनुहोस्। यस्तो गर्नाले मृगौलाको रोगीलाई राहत मिल्छ।
  • ‘स्टोन’ को समस्या हुदैन।
  • उक्त पानीलाई काढा बानाएर एक महिनासम्म लगातार पिउनाले निकै फाइदा गर्छ।
  • शरीरमा देखिने कयौ समस्याबाट बच्न मेहेन्दीको रुखको बोक्रालाई काढा बनाएर खाने गर्नुहोस।
  • काढा खाएपछि अनुहारमा साबुनको प्रयोग भने गर्नु हुदैन।

दुखाई कम गर्छ

मेहेन्दी निकै चिसो हुने गर्छ जसले शरीरको कुनै भाग दुखेको, पोलेको र सुन्निएको छ भने आराम मिल्छ। यसको पातलाई पिनेर दुखाई भएको ठाउँ वा पोलेको ठाउँमा लगाउनुहोस। अत पेटको रोग पनि ठिक पार्ने गर्छ मेहेन्दीले।

भनिन्छ, अत्याधिक रोग पेटमा गढबढ हुने कारण हुन्छ। मेहेन्दीमा केहि यस्तो तत्व छन् जुन तपाईलाई पेटको रोगबाट बचाउने गर्छ। तपाईलाई जन्डिस छ भने पनि तपाई मेहेन्दीको प्रयोग गर्न सक्नुहुनेछ। यसको सेवन गर्नाले शरीरमा कयौ साइडइफेक्ट गर्दैन।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ