२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको २५ औं सिनेट बैठक, सदस्यमा थप पाँच जना मनोनित

न्याम्सको २५ औं सिनेट बैठक, सदस्यमा थप पाँच जना मनोनित


काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त सिनेट सदस्यमा पाँच जना मनोनित भएका छन् । शुक्रबार बसेको २५ औं सिनेट बैठकले रिक्त सदस्यमा पाँच जनालाई मनोनित गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय वा प्रतिष्ठानका उपकुलपतिहरुमध्ये सभाले मनोनित गर्ने रिक्त दुई जना सभाका सदस्यहरुमा क्रमसः त्रिभुवन विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यस्तै स्वास्थ्य क्षेत्रका वैज्ञानिक मध्येबाट डा. कृष्ण अधिकारीलाई सदस्य पदमा मनोनित गरेको छ । यस्तै, शिक्षक मध्येबाट प्रा.डा. विधाननिधि पौडेल र प्रा. बसन्ती थापालाई मनोनित गर्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रसुती गृह अस्पतालका निर्देशक डा. जागेश्वर गौतम, कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छा, संविधानसभाका सदस्य पेम्वा लामा र जनस्वास्थ्यकर्मी भक्तिमान सुब्वालाई रिक्त सिनेट सदस्य पदमा मनोनित गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ