२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिसर्ग हस्पिटलमा अनुहारको शल्यक्रिया

निसर्ग हस्पिटलमा अनुहारको शल्यक्रिया


धनगढी— निसर्ग हस्पिटलमा अनुहारको शल्यक्रिया भएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा—१ की गोवडी महरको निसर्ग हस्पिटलले अनुहारको शल्यक्रिया गरेको हो ।

डा. दिपक ठकुराठी, डा. हेमन्त ओझा र डा. लक्ष्मीराज जोशीलगायतको टीमले ६ घण्टा लगाएर सफल शल्यक्रिया गरेका हुन् । इन्टुवेसन प्रविधिवाट वेहोस बनाएर सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुहारको शल्यक्रिया गरिएको हस्पिटलका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए ।
घाँस काट्ने क्रममा भीरबाट लडेकी महरको अनुहारमा १० वटा प्लेट लागेको शल्यक्रियामा संग्लन डा. ओझाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ