विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोवेल कोरोना भाइरस संक्रमणको सामना गर्न सबै देशलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। चीनको वुहान शहरबाट फैलिएको उक्त घातक भाइरस अन्य देशमा पनि पुग्ने आशंका रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सबै देशलाई तयार रहन अपिल गरेको हो।
स्वास्थ्य संगठनका प्रमुख तेदरोस अदहानोम गेब्रेयससले कोरोना भाइरसले चीन कहिले नगएको व्यक्तिमा समेत् संक्रमण हुने भन्दै आपत्ति जनाएका छन्। ‘उक्त भाइरसबाट विश्व स्वास्थ्य आपतकालको स्थिति पैदा भएको छ। चीन बाहिर अन्य देशमा कोरोना भाइरसको प्रसार न्यून छ तर कुनै पनि बेला संक्रमण बढ्न सक्छ।,’ उनले भने, ‘यस्तो अवस्थाको सामना गर्न सबै देशले आफ्नोतर्फबाट प्रयास तीव्र बनाउनुपर्छ।’
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई ‘रियल हिरो’ घोषित गरेको छ। आफ्नो ज्यान जोखिममा पारेर दिनरात यस महामारीलाई रोक्न हरेक सम्भव प्रयास गरेको कारण उनीहरुलाई ‘रियल हिरो’ घोषित गरिएको हो।
चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या १ हजार १६ पुगेको छ भने ४० हजार बढी प्रभावित बनेका छन्। लगभग सबै देशले चीनसँग आफ्नो हवाई सम्पर्कमा र्प्क लगाएका छन्। चीनको वुहानप्रान्तको ‘फिश मार्केट’लाई कोरोनाअ भाइरसको केन्द्र मानिएको छ। सो भाइरस ‘पैंगोलिन’ र ‘चमगादड़’बाट मानिसमा फैलिएको चिकित्सकले पुष्टि गरेका छन्।
–एजेन्सी