२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरसबाट मृत्यु हुने संख्या १ हजार १६ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुने संख्या १ हजार १६ पुग्यो


चीनमा नोवेल कोरोना भाइरसको प्रकोप झनै बढ्दै गईरहेको छ। उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ भने ४२ हजार ६ सय व्यक्ति संक्रमित छन्।

यस अघि आइतबार एकै दिनमा कोरोना भाइरस संक्रमित ९७ व्यक्तिको मृत्यु भएको थियो। सोहि दिनमा ३२ हजार ८१ मानिस संक्रमणमुक्त भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो। हालसम्म ४० हजारभन्दा बढीमा भाइरस देखिएको छ भने २७ देशमा भाइरस संक्रमित पाइएको छ।

चिनियाँ राष्ट्रपतिले सोमबार मास्क लगाएर कोरोना भाइरस अनुसन्धान केन्द्रमा पुगी यस महामारीलाई नियन्त्रणको लागि भईरहेको कामकारवाहीको अबलोकन गरेका छन्। उनले पहिलोपटक भाइरसविरूद्ध लडिरहेका संक्रमितहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन्। प्राप्त जानकारी अनुसार, चीनको राजधानीका बासिन्दाले सोमबार देखि आफ्नो कामकाज पुन सुरु गरेका छन्।

  • एजेन्सी

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ