२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि

नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि


गोलभेंडाले पुरुष प्रजनन सुधार गर्न सहयोग गर्ने एक अध्ययनले देखाएको छ । बेलायतको सेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले गोलभेंडामा हुने लाइकोपिन नामक तत्वले शुक्राणुको गुणस्तर बढाउने देखाएको हो । यसले पुरुषको प्रजननसँग प्रत्यक्ष सरोकार राख्दछ ।

अध्ययन अनुसार दैनिक दुई चम्चा गोलभेंडाको लेदो पूरक आहारका रुपमा सेवन गर्ने पुरुषको वीर्यको गुणस्तर पनि राम्रो हुन्छ । प्रजनन समस्या भएका पुरुषहरूलाई स्वस्थ जीवनशैली अपनाउन र खुकुला अन्डरवेयर लगाउन बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस)को सुझाव छ । साथै, सम्भव भएसम्म तनाव कम गर्न पनि सुझाव दिइएको छ ।

केहि पोषक तत्वले पुरुष प्रजनन क्षमता बढाउन सक्छ भन्ने मान्यतालाई यो अध्ययनले सहयोग गरेको छ । १२ हप्तासम्म गरिएको सो अध्ययनमा सहभागी ६० जनालाई दैनिक १४ मिलिग्राम’ ल्याक्टो लाइकोपिन’ सेवन गर्न दिइएको थियो । अध्ययनको शुरुवात, छैठौं हप्ता र अन्तिममा सहभागीहरुको शुक्राणु परीक्षण गरिएको थियो । अध्ययनको अन्त्यमा
‘लाइकोपिन’ सेवन गर्नेहरुमा स्वस्थ शुक्राणु र गतिशिलताको अनुपात (शुुक्राणु पौडिन सक्ने गति) बढी पाइएको थियो ।

‘लाइकोपिन भिटामिन ‘इ’ जस्तै एन्टिअक्सिडेन्ट हो जसले कोषको अक्सिडेसन हुन दिंदैन । उक्त अध्धयन सानो संख्यामा गरिएको भएता पनि यसको नतिजा भने उत्साहजनक छ,’ ,सेफिल्ड विश्वविद्यालयकी मानव पोषण सम्बन्धि विशेषज्ञ डा. लिज विलियम्सले बताइन । अब छिट्टै प्रजननसम्बन्धि समस्या भएका पुरुषहरुमा पनि अध्ययन गर्नुपर्ने पनि उनको भनाई छ । लाइकोपिनको सेवन मुटुसम्बन्धि रोग र केही प्रकारका क्यान्सरमा समेत फाइदाजनक हुने यस अघिका अध्ययनले देखाएका छन् ।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ