२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतेस्रो नर्सेस एथ्लेटिक मिट—२०७६ मा दौडिए ४ सय ६० नर्स

तेस्रो नर्सेस एथ्लेटिक मिट—२०७६ मा दौडिए ४ सय ६० नर्स


काठमाडौं—खगेन्द्र स्पोर्टस फाउण्डेसन तथा ब्लूक्रस अस्पताल त्रिपुरेश्वरको संयुक्त आयोजनामा तेस्रो नर्सेस एथ्लेटिक मिट—२०७६ सम्पन्न भएको छ । शनिबार हलचोकस्थित सशस्त्र प्रहरी बलको स्टेडियममा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार रहेका थिए ।

‘रन फर कमिटमेन्ट, रनर्स आर वीनर’ भन्ने नाराका साथ सम्पन्न भएको उक्त नर्सेस मिटमा ४ विद्याका खेलहरु भएका थिए । जसमा १ सय मिटरको दौड, ४ मिटरको रिले तथा २.५ किलोमिटरको स्वयम्भु परिक्रमा रोड—रेश रहेको थियो । जसमा कुल ३४ वटा अस्पतालको सहभागिता रहेको थियो । उक्त अस्पतालका ४ सय ६० जना नर्सहरुले खेलाडीका रुपमा दौडमा सहभागिता जनाएका थिए ।

१ सय मिटर दौडमा नेपाल मेडिकल कलेज हस्पिटलकी शर्मिला पौडेल प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पुजा यादव द्धितिय तथा ग्रीनसिटी अस्पतालकी पूजा राई तृतीय स्थान हासिल गर्न सफल रहे ।

२ सय मिटर दौडमा ग्रिनसिटी हस्पिटलकी पूजा राई प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव द्धितिय र उपेन्द्र देवकोटा हस्पिटलकी मुना श्रेष्ठ तृतीय स्थान हासिल गर्न सपलल रहे ।

त्यस्तै, रोड रेसमा नेपाल प्रहरी हस्पिटलका खुशी हिराचन प्रथम, सशस्त्र प्रहरी अस्पतालका राजेश्वरी बदु द्धितिय र सशस्त्र प्रहरी अस्पतालका रोजी गजमेर तृतीय स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी ४ सय मिटर रिले दौडमा नेपाल मेडिकल कलेजका खेलाडीहरु प्रथम, ग्राण्डी हस्पिटलका खेलाडीहरु द्धितिय र नेपाल प्रहरी हस्पिटलका खेलाडहिरु तृतीय स्थान हासिल गर्न सफल रहे ।

स्वास्थ्य क्षेत्रमा बिरामीहरुको २४ सैं घण्टा सेवामा लागि परिरहने नर्सहरुको कामको कदर गर्दै खेलमा लागे स्वस्थ समेत हुने भएकाले विगत तीन वर्षदेखि र्नि टिमको आयेजना गरिएको फाउण्डेसन तथा तेस्रो नर्सेस एथ्लेटिक मिट आयोजक समितिका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्ता कार्यक्रममा सरकारी तथा निजी क्षेत्रले सहयोग गर्नुपर्ने ब्लूक्रस अस्पतालका मेडिकल प्रमुख डा. प्रज्वलमान श्रेष्ठले बताए । उनले हस्पिटल सदैव यस्ता कार्यमा सहयोग गर्ने जानकारी गराए । उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ