२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज पनि हुन सकेन चिकित्सक संघको मतगणना, छलफल जारी

आज पनि हुन सकेन चिकित्सक संघको मतगणना, छलफल जारी


काठमाडौं – नेपाल चिकित्सक संघको मतदान आज पनि नहुने भएको छ। बुधबारबाट शुरु हुने भनिएको मतगणना लोकतान्त्रिक चिकित्सक समुह र पेशागत चिकित्सक समुहबीच विवाद आएपछि स्थगित भएको थियो।

यसै विषयलाई लिएर दुईपक्षबीच छलफल भईरहेको हुँदा आजै मत गणनाको सम्भावना कम रहेको र्वाचन समिती प्रमुख डा. बाबुराम मरासिनीले बताए। उनले भने, ‘छलफलबाट निष्कर्ष निक्लिए बिहिबार बेलुकी नत्र शुक्रबार हुने कुरा भएको छ।’

निर्वाचन समितिले सबै उम्मेद्वारलाई विहिबार दिउँसो ३ बजे छलफलको लागि बोलाएको छ।

बुधबार कति राख्ने, मतदान केन्द्र राख्ने र मतदान केन्द्रमा सिसिटिभी फिट गर्ने वा नगर्ने भन्ने विषयको दुई पक्षबीच निष्कर्ष आउँन नसक्दा मतगणनामा ढिलाई भएको थियो। अपराह्नमासम्म गरिएको छलफल पछि भने ३ मतदान केन्द्र बनाई गणना गरिने सहमति भएपनि अझै मतगणनाको टुङ्गो लागेको छैन।

चिकित्सक संघको चुनाव उपत्यका बाहिर माघ ४ र ५ गते भएको थियो भने उपत्यकामा माघ १७ गते देखि चुनाव शुरु भएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ