२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ हव अस्पतालमा ४३ बेड सहितको आईसोलेसन वार्डको तयारी, १८० नेपाली ल्याइदै

५ हव अस्पतालमा ४३ बेड सहितको आईसोलेसन वार्डको तयारी, १८० नेपाली ल्याइदै


काठमाडौं – सरकारले चीनबाट नेपाल ल्याइने १ सय ८० नेपालीको लागि ५ हव अस्पतालहरुमा ‘आइसोलेसन वार्ड’ राखिने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना भाइरस सम्बन्धि स्वास्थ्य क्षेत्रको प्रतिकार्यमा हव अस्पतालमा ४३ वटा ‘आइसोलेसन बेड’को व्यवस्था गरिएको उल्लेख छ।

उक्त जारी कार्यविधि अनुसार, कोरोना भाइरसको लक्षण १५ दिन पछि मात्र देखिने भएकोले नेपाल आएका विद्यार्थीलाई कम्तिमा १५ दिन क्यारेटाईनमा राखिने व्यवस्था गरिएको छ। इन्कुवेसन अवधिभरमा क्यारेटाईनमा राखिएको व्यक्तिमा भाइरसको संक्रमण देखिएमा तत्काल ‘आइसोलेसन बेड’मा राखी थप परिक्षण र उपचार गर्नको लागि ‘आइसोलेसन वार्ड’ तयार पारेको छ।

विमानबाट ल्याउँदा विमानस्थलमा, विमानस्थलबाट क्वारेन्टाइन स्थल सम्मेलन र क्वारेन्टाइन स्थलमा स्वास्थ्य सम्बधि सेवा परिचालन गर्ने र आवश्यक परेको खण्डमा आइसोलेसन गर्न अस्पतालहरुलाई तयारी अवस्थामा रहनुपर्ने कार्यविधिमा उल्लेखित छ।

त्यस्तै, मंगलबार स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा बसेको बैठकमा स्वदेश फर्केपछि उक्त नेपालीहरुलाई राख्न सम्भावित स्थानहरुको प्रस्ताव गरिएको छ।

नोवेल कोरोना भाइरसको पहिलो केस चीनको हुवेई प्रान्तमा देखिएको हो। अहिले भने चीन बाहेक २६ देशमा पनि कोरोना भाइरस संक्रमण देखिएपछि विश्वमै त्रास फैलिएको छ। चीनमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या चीनमा ४ सय २५ र फिलिपिन्समा १ जना गरी ४ सय २६ पुगेको छ भने २० हजार भन्दा बढी यसबाट संक्रमित छन्। हुवेई प्रान्तमा २ सय ४ भन्दा बढीको मृत्यु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत शुक्रबार ‘ग्लोबल इमर्जेन्सी’ घोषणा गरेको थियो।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ