२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालका अधिकांश क्यान्सर पीडितहरुमा ‘फोक्सो क्यान्सर’

नेपालका अधिकांश क्यान्सर पीडितहरुमा ‘फोक्सो क्यान्सर’


काठमाडौं – नेपालमा अधिकांश व्यक्ति फोक्सो क्यान्सरबाट प्रभावित रहेको नसर्ने रोग महाशाखाका प्रमुख डा.फणिन्द्र प्रसाद बरालले बताए। विश्व क्यान्सर (अबुर्द) दिवसकोे अघिल्लो सन्ध्याकालीनको अवसर पारेर ट्रमा सेन्टरस्थित सोमबार भएको पत्रकार तथा क्यान्सर रोग विशेषज्ञहरु बीचको अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सन्दर्भमा महिला र पुरुष दुवैमा फोक्सो क्यान्सर साझा क्यान्सरको रुपमा देखिएको अभिव्यक्ति दिएका हुन्।

उक्त छलफल कार्यक्राममा उनले विश्वको सन्दर्भमा मृत्यकोे प्रमुख दोस्रो कारणको रुपमा लिईएको क्यान्सरको उपचार सम्भव रहेको र हालसम्म अधिकांश व्यक्तिहरु उपचार बारे अज्ञात रहेको जनाए। यसको निम्ति सरकारले आवश्यक केन्द्र तथा जनशक्ति परिपूर्तिको निम्ति विशेष कदम चाल्नुपर्ने उनको भनाई छ। यसको साथसाथै उनले क्यान्सर रोगबारे आवश्यक चेतनामुलक कार्यक्रममा पनि विशेष जोड दिनुपर्ने बताए।

‘समयमै क्यान्सर रोगको पहिचान भई उपचार हुन् नसक्दा एसियाली मुलुकमा क्यान्सरबाट शिकार हुनेको संख्या ६० प्रतिशत पुगेको छ।, ‘उनले भने।

कार्यक्रममा बोल्दै क्यान्सर रोग विभागकी सह–प्रध्यापक सन्ध्या चापागाँईले नेपालमा क्यान्सर रोगको उपचार भएपनि यो सबैको पहुँचमा नभएको कुरा उल्लेख गरिन् ।

‘विश्व स्वास्थ्य संगठनका अनुसार, एउटा मेशिनले १० लाख क्यान्सर पिडितको उपचार गर्न सकिने बताएको छ। यस हिसाबमा भन्ने हो भने हाम्रो देशको जनसंख्या अनुसार हामीलाई ३० वटा मात्रै मेशिनको आवश्यकता पर्न जान्छ तर नेपालाभरमा जम्मा गरी ९ वटा मात्रै मेशिन उपलब्ध छन्।’ ,उनले भनिन्।

प्रत्येक वर्ष ४ फेब्रअरीमा मनाउदै आएको विश्व क्यान्सर दिवसको निम्ति आवश्यक जानकारी प्रवाह गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो तथ्याङ्कअनुसार एसियामा क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुनेको संख्या ६० प्रतिशत रहेको पाइएको छ। समय रहँदै क्यान्सर रोगको पहिचान गरी सही उपचार नपाएको कारण कयौले क्यान्सर रोगबाट ज्यान गुमाउने गरेका छन्।

सन् २००० देखि नै अन्तर्राष्ट्रिय स्तरमा नै ‘विश्व क्यान्सर दिवस’ मनाउदै आएको छ। गत वर्ष झैं यो वर्ष पनि ‘आइ एम एन्ड आई विल’ स्लोगनका साथ भव्यताका साथ क्यान्सर दिवस आज मनाइदैछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ