पिसाबले पनि हाम्रो स्वास्थ्य स्थिति बारेमा जानकारी दिन्छ मान्दा अपत्यारिलो लाग्न सक्छ। तर यो सत्य हो। पिसाबको रङसम्बन्धि गरेको विभिन्न अध्ययन तथा अनुसन्धानले पिसाबको रङबाट रोग पत्ता लाग्ने कुरा पुष्टि गरेको छ।
व्यक्तिको पिसाबको रङ र यसको घनत्वले सो व्यक्तिको स्वास्थ्य स्थितिबारे जानकारी दिने कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् । रगतजस्तै पिसाब पनि शरीरको स्वास्थ्यअवस्था बारे जानकारी दिने एक तरल पदार्थ हो । शरीरमा पाइने यी दुवै तरल पदार्थबाट शरीरमा लागेका विभिन्न रोगहरुको बारेमा जानकारी लिन सकिन्छ । जसकारण प्रत्येक व्यक्तिले आफ्नो पिसाबको रङबारे थाहाँ पाइ राख्नुपर्छ भन्ने चिकित्सकहरुले धारणा छ ।
शरीरबाट फोहोरको रुपमा निस्कने पिसाब, शरीरमा बढी भएका र खेर जाने पानी, नुन र युरियाजस्ता केमिकलबाट बनेको हुन्छ । शरीरमा भएका आवश्यक पानी सोसी बाँकि रहेका अन्य पानी पिसाबको माध्यमबाट मुत्रनली हुँदै बाहिर आउने गर्दछ । यसरी आएको पिसाबको रङ पनि स्वास्थ्य स्थिती अनुरुप फरक-फरक हुने गर्दछ । आखिर कसरी यस्तो हुन्छ त? आउनुहोस् यससम्बन्धि केही जानकारी जानौ।
पहेंलो रङ
हल्का पहेलो र साधारण पिसाबको रङ तपाई स्वस्थ्य हुनुहुन्छ भन्ने कुराको संकेत हो । यसले तपाइको शरीरलाई आवश्यक पर्ने पानीको उपयोग गरिरहनु भएको छ भन्ने कुराको जानकारी दिन्छ । तर, कहिंले काहिं भने हामीले गाढा पहेंलो रंगको पिसाबको पनि अनुभव गरेका हुन्छौ । त्यसले भने शरीरमा पानीको कमी भएको अवस्थालाई जनाउँछ । तसर्थ हामीले शरीरलाई आवश्यक मात्रामा पर्याप्त पानी पिउनु पर्दछ ।
सुन्तला रङ
यदि तपाईले शरीरलाई आवश्यकभन्दा बढी मात्रामा गाँजर खानुभएको छ भने यसले तपाईको पिसाबको रंग पनि अरेन्ज अर्थात सुन्तला रङकै आउने गर्छ । यसमा भएको बेटा–क्यारोटिनको कारण यसले पिसाबको रङमा समेत परिवर्तन ल्याउँछ । यस अर्थमा हामीले खाएको खाना अनुसार पनि पिसाबको रङ भिन्न- भिन्न हुने गर्दछ । यसबाहेक यस रङको पिसाबले तपाईको मृगौला सम्बन्धिको रोग तथा समस्यातर्फ संकेत गर्दछ । यसका साथै शरीरमा भएका ब्ल्याडर र सिस्टिसको संक्रमणतर्फ पनि यसले संकेत दिन्छ । तसर्थ यस्तो पिसाब रङ लगातार हुने ब्यक्तिले चिकितसकलाई सम्पर्क राख्नु उचित मानिन्छ ।
रातो तथा रानी रङ
पिसाबको रातो रङको देखिनु पछाडि यसका थुप्रै कारणहरु रहेका हुन्छन् ।अर्थात्, हामीले खाने गरेको खाना, पिउने पानीको कमी भएमा र रगत पातलो भएको अवस्थामा पनि पिसाब रातो वा रानी रङको हुन सक्छ । यसका साथै महिलाहरुमा भने महिनावारीको समयको समयमा यस्तो समस्या देखा पर्न सक्दछ ।
गाढा खैरो (कोक रंग)
यो रङको पिसाबलाई खतराको सुचक मानिन्छ । गाढा खैरो रङ तपाइको खाना, डाइट, योग तथा शारीरिक व्यायामसंग सम्बन्धित हुन्छ । यसका साथै तपाईले जडिबुटि, घ्युकुमारी तथा गेडागुडीको सेवन बढी गर्नु भएको छ भने त्यस्तो समयमा भने तपाइको पिसाबको रङ गाढा खैरो रंगको हुने गर्छ । शरीरले थेग्न सक्नेभन्दा बढी शारीरिक व्यायाम गरेमा शरीरको विभिन्न भागहरुमा पीडा भई सुन्निने पनि हुन सक्छ । तसर्थ यस्तो रङको पिसाब देख्ना साथ सम्बन्धित चिकित्सकसँग तुरुन्त परामर्श लिनु पर्दछ ।
लाइट हरियो तथा प्याजी
हामीलाई अचम्म लाग्न सक्छ माथि उल्लेखित भन्दा फरक रङमा पनि पिसाबको रङ देखा गर्दछ। कमै मात्रामा देखा पर्ने यस्ता रङले शररिमा भएको विभिन्न समस्याहरुको संकेत गर्दछ । यसले निर्जल रहेका ब्यक्ति, शारीरिक रोग, पिसाब नलीको इन्फेशन, क्यान्सर, कलेजो सुन्निएको, हेपाटाइटिस र शरीरमा रातो रक्तकोषिकाहरुको कमी भएको कुराको उल्लेख गर्दछ ।
ब्लडी रङ
ब्लडी रंग भन्नाले रगतको रङ भन्ने बुझिन्छ । यसले शरीरको मुत्र नली, ब्लाडर तथा सिस्टिसको संक्रमणतर्फ पनि लक्षित गर्दछ । यस्ता समस्या भएका ब्यक्तिहरुले चिकित्सकसँग सल्लाह गरी एन्टिबायोटिकको सेवन गर्नु उचित मानिन्छ । तसर्थ यस समयमा पनि ब्यक्तिले चिकित्सकसंग सल्लाह लिनु पर्दछ ।
रङ्गहीन रङ
पिसाबको विभिन्न रङहरुमध्ये रङहिन पनि एक हो । केही ब्यक्तिहरुमा यस किसिमको पिसाब पनि देखा पर्ने हुन्छ । ब्यक्तिमा मृगौलाको संक्रमण तथा कमैलाई देखा पर्ने ‘इन्सिपिडस सुगर’ को कारण पनि यस रंगको पिसाब आउने गर्दछ ।
दुधिलो तथा बाफ रङ
पिसाब दुधिलो र बाफ र मा पनि देखिने गर्छ । विभिन्न कारणवश् देखा पर्ने यस्तो रङ विशेष गरेर केही रोगले आक्रमण गर्न लागेको तथा शरीरको कुनै भाग सुन्निएको संकेत गर्दछ ।
फिँजयुक्त पिसाब
हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ हाम्रो पिसाबमा कहिंलेकाँहि फिँज आउने गर्छ । आखिर यो कसरी देखा पर्छ त ? यदि तपाईको पिसाब सदैव फिँजयुक्त आउँछ भने यसले तपाइको मृगौलाले पिसाबलाई राम्ररी फिल्टर नगरेको अवस्थालाई जनाउँछ । यसका साथै यसले सुगर, रक्तचाप, विभिन्न रसायनहरुको प्रयोग, मुटु रोग तथा क्यान्सतर्फ संकेत गर्दछ । तसर्थ यदि तपाइको पिसाब १ हप्ताभन्दा बढी समयसम्म पनि यस्तै रुपमा देखा परिरहेमा तपाईले चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।
– एजेन्सी