काठमाडौं – विसं १९८५ सलमा चार जना नेपाली महिलाहरुः विधावती कंसाकार, राधादेवी मालाकार, धर्मादेवी कंसाकार र विष्णुदेवी मालीलाई १८ महिने मिड्वाइफ्री तालिमको लागि भारत पठाइए पछि नेपालमा नर्सिङ्गको इतिहास सुरु भएको मानिन्छ । उनीहरुले आफ्नो अध्ययन पुरा गरी वि.स. १९८७ (सन् १९३०) मा फर्केर आए लगतै उनीहरुलाई वीर अस्पतालमा खटाइएको थियो । पुनः वि.स.२००२ (सन् १९४५) मा अरु नौ जना नेपाली महिलाहरुलाई १८ महिने मिड्वाइफ्री तालिमका लागि भारत पठाइएको थियो । उनीहरुलाई पनि तालिम सकिएर भारतबाट फर्के लगतै वीर अस्पतालमै खटाइएको विर अस्पतालको इतिहासमा अभिलेख रहेको छयो ।
नेपालमा औपचारीक नर्सिङ शिक्षाको सुरुवात
वि.स. २०१३ मा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा नेपाल सरकारले सुरेन्द्रभवनमा नर्सिङ्ग स्कुलको स्थापना गरी तीन वर्ष ६ महिनाको नर्सिङ्ग शिक्षा अध्यापन गराउन शुरु गरेको हो । वि.स. २०१६ मा शान्त भवन नर्सिङ्ग स्कुलको स्थापना भएको देखिन्छ । वि.स. २, ०१७ मा १३ जना नर्सिङ्ग जनशक्तिहरु देशमै उत्पादन भएका थिए । त्यो संख्या बढेर अहिले ५६, ४०५ नर्स, ३३, ६६० अनमी, ८४४ विदेशी गरी कुल ९०, ९०९ नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको तथ्याङ्क छ ।
नेपालमा नर्सको अवसर
नेपालमा पर्याप्त मात्रामा नर्स आवश्यक हुदा हुदै पनि ठुलो संख्यामा बेरोजकार छन् । अहिले प्रतिस्पर्धाको समय भएको नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा देवी निरौला बताउछीन् । आफुमा क्षमता भए नर्सले बेरोजगार भएर बस्नु पर्दैन । विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरेको अवस्थामा सबै नर्स सेवामा आवद्ध हुन पाउछन् । समायोजनमा जादा खालि रहेका स्थानहरुमा भर्ना खुलाएको छैन । आवश्यक देखिएको स्थानमा मात्रै दरबन्धी पुरा गरे नर्सको व्यवस्थापन सहज हुने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कती नर्सको दरबन्दी खाली छ भनेर तथ्याङ्क समेत निकाल्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार १ हजार ४ सय ४४ स्टाफ नर्स र ८ हजार १ सय २४ अनमी सरकारी सेवामा रहेका छन् ।
नेपालमा संचालित नर्सिङ शैक्षिक कार्यक्रमको विवरण
- तह बार्षिक उत्पादन
- अनमी – २, ०००
- स्टाफ नर्स – ४, ७६०
- वि.एस्सी – ९८०
- वि.एन- वि.एन.एस – १, ५२०
- वि.एम.एस – १८
- स्नात्तकोतर – ८०
- विद्यावारिधी – २
नेपालमा नर्सिङ कार्यक्रम
नर्सिङ्ग विधाको स्नातकोत्तर कार्यक्रमलाई थप विशिष्टीकृत गरी विशिष्टीकृत सेवाको लागि चाहिने शिक्षण प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने जस्तैः कार्डियाक नर्सिङ्ग, न्यूरो नर्सिङ्ग, साइक्याट्रिक नर्सिङ्ग, नेफ्रो नर्सिङ्ग, ट्रमा नर्सिङ्ग, रिह्याब नर्सिङ्ग, कम्यूनिटि नर्सिङ्ग, नर्स प्राक्टिसनर आदि विधामा शैक्षिक कार्यक्रम संचालन गर्दैैैैै लैजानु पर्ने अध्यक्ष निरौला बताउछीन ।
नेपालमा आवश्यक पर्ने नर्स
सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २६,४९४,५०४ र जनसंख्या वृद्धिदर १.३५ रहेको छ । यसलाई आधार मानी हेर्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या करिब ३ कराड ५५ लाख हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १०,००० जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समते गरेर २३ जनाको अनुपातमा उपलब्ध हुनु पर्दछ । विश्व स्वास्थ्य संगठनको (२०१३) र स्वास्थ्य मन्त्रालय (२०१३) को तथ्याकं अनुसार नेपालमा प्रति १०,००० जनसंख्याका लागि ६.८ स्वास्थ्यकर्मीहरू रहेको देखिन्छ । यदि १८६ राष्ट्रहरुको सीपमुलक स्वास्थ्य जनशक्ति (चिकित्सक, नर्स र मिड्वाइफ) को जनघनत्व हेर्ने हो भने ३ राष्ट्रहरुमा २२ प्रति १०,००० जनसंख्या र ६८ राष्ट्रहरुमा ३४.५ प्रति १०,००० भन्दा माथि रहेको पाइन्छ ।