काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अब अनलाईनबाटै टिकट काट्ने र आफूले रोजेको चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउन सकिने भएको छ ।
आइतबारबाट सुरु भएको अनलाईनबाटै स्वास्थ्य परीक्षण गर्न सकिने सुविधामा पहिलोपटक बागलुङ्गका अमृत आचार्यले उक्त सेवा लिएर सुरु पगरेका थिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको अनलाइन एप्स मोबाइलमा डाउनलोड गरेर सो सेवा लिन सकिन्छ ।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले अब मनमोहन सेन्टरमा विहान ८ बजेदेखि आएर घण्टौ लाइनमा बसेर टिकट लिने र चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउने झन्झटबाट बिरामीहरु मुक्त भएको बताए । उक्त एपबाट टिकट काटिसकेपछि पैसा तिर्न पनि मोबाइलबाटै मिल्नेछ । मोबाइलमा इसेवा र प्रभु पे बाट पैसा तिर्न सकिने उनले बताए । एपबाटै आफूले रोजेको चिकित्सकसंग उपचार गर्न पाउने व्यवस्था मिलाइएको समेत जानकारी दिए ।
जुम्ला, हुम्लाबाट एक हप्ता अघि टिकट काटेर एकहप्ता पछि उपचार गर्न आउने व्यवस्था मिलाइएको छ,डा. श्रेष्ठले भने,“बिरामीलाई झन्झटिलो व्यवस्थाबाट मुक्त गर्न खोजिएको हो ।” केही समयपछि बिरामीको सम्र्पूण रिपोर्ट समेत अनलाइन प्रणाली मार्फत व्यवस्था गर्न लागिएको अस्पतालले जनाएको छ ।