२०८१ माघ १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीकोरोना भाइरस : चीनमा मर्नेको संख्या ५६ पुग्यो, जनजीवन प्रभावित

कोरोना भाइरस : चीनमा मर्नेको संख्या ५६ पुग्यो, जनजीवन प्रभावित


एजेन्सी – चीनमा ‘नोभेल‘ कोरोना भाइरस (nCoV 2019)’बाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ। चीनको स्वास्थ्य आयोगको अनुसार, चिनियाँ शहर वुहान नै उक्त भाइरसको संक्रमण केन्द्र हो। अहिलेसम्म करिब २ हजार जना कोराना भाइरसबाट संक्रमित
छन् भने मृत्यु हुने संख्या ५६ पुगेको आयोगले जनाएको छ।

संक्रमित मध्ये २ सय ३७ को अवस्था नाजुक रहेको खबर छ। त्यस बाहेक १ हजार ९ सय ६५लाई कडा निगरानीमा राखिएको छ। उक्त भाइरसले आम नागरिक निकै त्रसित छन्। चीनद्वारा शनिबार नयाँ आगमनमा रोक लगाएपछि चीनको १८ शहरमा ५.६ करोड व्यक्ति आफ्नै घरमा कैद छन्। संक्रमण केन्द्र वुहानमा कडा प्रतिबन्ध लगाइएको छ।

हाइवे जोडिने सबै मार्गहरु बन्द गरिएकाले केहि क्षेत्रमा मात्र ट्रक र बसलाई निर्धारित रुटमा आगमनको अनुमति दिएको छ। अहिले त्यहाँको जनजीवन निकै प्रभावित बनेको छ भने भाइरसबाट संक्रमित व्यक्तिलाई पहिचान गर्न एक अभियान शुरु भएको जानकारी छ।


क्याटेगोरी : महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ