अवैध गर्भपतन गराएको अभियोगमा २ जना पक्राउ

डडेल्धुरामा अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका ५ की २२ वर्षीय ‘हरू’ भनिने हरिना भट्ट र वडा नं. ४ तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका–५ बागबजारका ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
अवैध गर्भपतन गरेको अभियोगमा प्राप्त जाहेरी दरखास्तको आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
महिलाको परिवारबाट प्रहरीमा जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबै विवाहित हुन्। पक्राउ परेकी महिलाका श्रीमान वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छन्।
डीएसपी न्यौपानेका अनुसार गर्भपतन सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ।
धेरै पढिएका
- १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
- ५ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी
तपाईको प्रतिक्रिया दिनुहोस