२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यपुरुष भन्दा महिलामा छिटो देखा पर्छ मुटु रोग, कारण यस्तो

पुरुष भन्दा महिलामा छिटो देखा पर्छ मुटु रोग, कारण यस्तो


एकै उमेरका महिला र पुरुषमा पनि भिन्न भिन्न ‘ब्लड भेसल’ रहने तथ्य एक अध्ययनले पत्ता लगाएको छ । हजारौ ब्यक्तिहरुमा ४ दशकभन्दा बढि लगाएर गरेको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो । महिलामा ‘ब्लड भेसल’कै कारण पुरुषको तुलनामा मुटु सम्बन्धि विभिन्न रोगहरु लाग्ने सम्भावना उच्च रहने कुरा पनि यसै अध्ययनले देखाएको छ ।

जामा कार्डियोलोजी नामक जर्नलमा प्रकाशित पछिल्लो पटकको उक्त अध्ययनले देखाए अनुसार, उमेर सँगसँगै महिलामा ठुला–साना धमनी , रगत तथा रक्तवाहिनीहरु पुरुषको तुलनामा महिलामा तीव्र रुपमा गतिशिल रहन्छन् । ४० वर्षको उक्त अध्ययनद्धारा प्रमाण सहितका निस्कर्ष निकाल्न सफल उक्त तथ्यांकले महिलामा हुने मुटुरोगको उपचार तथा परीक्षणमा सहयोग पु¥याउन सक्ने कुरामा विज्ञहरुले ढुक्क रहेका देखिन्छन् ।

अनुसान्धनमा सहभागी एक अनुसन्धानकर्ता सुसान चेङ्गले यस अनुसन्धान स्वास्थ्य क्षेत्रको ठुलो उपलब्धी रहेको भन्दै उनले भने; ‘हामीले गरेको यस अध्ययनले महिलाहरु बायोलोजी र फिजियोलोजीमा मात्र नभई पुरुषको अघि महिलाहरुमा केहि प्रकारको मुटु रोगको विकास छिटा हुने तथा जीवनका विभिन्न बिन्दुहरुमा उनीहरु वास्तवमै संवेदशिल हुन्छन् भन्ने कुराको पुष्टि पनि गरेको छ ।’

चेङ्ग तथा उनका टिमले युएसमा भएका ५ वर्ष देखि ९८ वर्ष सम्मका करिब ३३ हजार बिरामीहरु यस कुराको विश्लेषण गरेका थिए । यस्तैे ४३ वर्ष नाघेका १ लाख ४५ हजार सहभागीहरुको उनीहरुले रक्तचाप समेत परीक्षण गरेका थिए । यससंगसंगै अनुसन्धानकर्ताहरुले महिला र पुरुषमा हार्ट अट्याक र स्ट्रक आदिका खतरा सम्बन्धी पनि परीक्षण गरेका थिए । र, जसबाट अन्त्यमा महिलामा हुने ‘ब्लड भेसल’ पुरुषको तुलनामा छुट्टै तरिकाले क्रियाशिल रहने नतिजा प्राप्त भएको थियो ।

अध्ययनका क्रममा ३ दशकसम्म आइपुग्दा अधिकांश महिलाको ब्लड भेसलले उनीहरुको जीवनमा विभिन्न किसिमका परिवर्तनहरु देखा पार्न थालिसकेका थिए । र, अध्ययनकै क्रममा वर्तमान समयसम्म आइपुग्दा अधिकांश महिलामा हाइपर टेन्सनको खतरा उच्च रहेको देखिन्छ ।

‘यस अर्थमा हाइपर टेन्सनको अवस्थालाई परिभाषित गर्नुपर्दा, ३० वर्ष पुगेका तथा उच्च रक्तचाप भएका एकै उमेरका महिला र पुरुषमा पुरुषको तुलनामा महिलामा मुटुसम्बन्धि रोग लाग्ने सम्भावना उच्च हुन्छ; चेङ्गले भने ।

एजेन्सीको सहयोगमा  


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ