२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिनेछ : मन्त्री ढकाल

सुदूरपश्चिमका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिनेछ : मन्त्री ढकाल


कैलाली : स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सुदूरपश्चिममा रहेका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिने बताएका छन । सोमबार कैलालीको श्रीपुरमा निर्माण गरिएको लक्ष्मी नारायण क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गर्दै मन्त्री ढकालले अन्य ठाउँको तुलनामा सुदूरपश्चिममा स्वास्थ्य समस्या बढी भएकाले यस क्षेत्रमा राज्यले बिशेष ध्यान दिने बताएका हुन ।

उनले यस क्षेत्रमा चिकित्सकको अभाव सामाधानका लागि पनि आफू पहल गर्ने बताए । आजको भोली चिकित्सकको अभाव पुर्ती नभए पनि परिणाममा देखिने गरी मन्त्रालयले काम गर्ने मन्त्री ढकालले बताए ।

कैलालीको गोदावरी नगरपालिकाको ६ मा रहेको केन्द्रलाई मानव संसाधन विकास प्रतिष्ठान धनगढीले संचालन गर्ने छ । प्रेषण केन्द्रको क्षयरोगिको निःशुल्क उपचार गरिने छ । प्रेषण केन्द्र करिब साढे तिन विगाहामा रहेको छ । प्रदेश सरकारले क्षयरोगको लागि ४० लाख रकम छुट्याएको छ ।

मानव संसाधन विकास प्रतिष्ठान धनगढीका अध्यक्ष लक्ष्मी राज पन्तले केन्द्रमा अहिले ११ जना बिरामी उपचारार्थ रहेको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ