२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा ठगी(भाग–२): बिरामी भर्ना लिने अनुमति बिनै ११०० बढी पर्यटकको उपचार

अस्पतालमा ठगी(भाग–२): बिरामी भर्ना लिने अनुमति बिनै ११०० बढी पर्यटकको उपचार


काठमाडौं–सामान्यतया ‘हाइ अल्टिच्युट’ (लेक लाग्ने) समस्या भएका बिरामीलाई उच्च ठाउँबाट तल ल्याइसकेपछि सामान्य उपचारमा नै ठिक हुने सोलुखुम्बुका जिल्लामा स्वास्थ्य सेवा संचालनको अभियान संचालन गरिरहेका स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङ्गंमार शेर्पा बताउँछन् । ‘अझ उच्च भेगबाट हेलिकप्टरमा काठमाडौं ल्याइ पु¥याउँदा त बिरामी तन्दुरुस्त नै भइसक्छ,’ उनी भन्छन्, ‘कहिलेकाही फोक्सोमा सामान्य पानी जमेको छ भने निगरानीमा राखेर औषधि दिए हुन्छ, नत्र सामान्य औषधि पनि खानु नपर्ने हुन सक्छ ।’
तर, हाइ अल्टिच्युट भएर काठमाडौंको एक स्वास्थ्य केन्द्रमा आइपुगेका विदेशी पर्यटकले तीन दिन अस्पताल वेडमा बस्दा २ लाख ६८ लाख रुपैयाँ उपचार खर्च लिएकोे एक छानविन समितिले फेला पारेको छ ।
सरकारले अस्पतालले फर्जी बिल भर्पाई बनाइ बिरामी पर्यटक ठगी गरेको भन्ने विषयमा छानविन गर्न बनेको समितिले इरा हेल्थ सेन्टर प्रालि नयाँबजारले भर्ना भएको २०१७००००३ नम्बरका बिरामीसँग २ लाख ६८ हजार ४ सय ११ रुपैयाँ ५० पैसा लिएको उल्लेख गरेको छ । समितिले उक्त रोगको उपचार शुल्क अत्याधिक धेरै देखिएको समेत उल्लेख गरेको छ ।
छानविन समितिले सोही सेन्टरमा एउटै बिरामीलाई एकै दिन दुई बटा बेडमा भर्ना गरी पैसा लिएको समेत उल्लेख गरेको छ । त्यसरी एउटै बिरामीलाई दुई बटा वेड राखेर ठगी गरेको भन्दै कार्वाहीको सिफारिस समेत गरेको छ । सो सेन्टरले बिरामीलाई १ सय २० रुपैयाँ पर्ने औषधिको ३३ सय रुपैयाँ लिएर बिल बनाएको, दिनमा एक पटक जाँच्दा पर्याप्त हुने एचभिसी दुई पटक जाँचेर विदेशी बिरामी ठगी गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका संचाकल डा. गिर्वाणराज तिमिल्सिनाले माउन्टेन मेडिसिन स्पेसलिष्ट लेखी सही गरेको पाइएकोले सो विषय विशेषज्ञता प्राप्त गरे नगरेको निक्र्याैल गर्न मेडिकल काउन्सिलमा पठाउन समेत सिफारिस गरेको छ । समितिको प्रतिवेदनमा इरा जस्ता हेल्थ सेन्टरलाई अस्पतालमा रुपान्तरण नगरी विदेशीको उपचार गर्नबाट रोक्नुपर्ने सल्लाह दिइएको छ ।

 

प्राथमिक स्वास्थ्य केन्द्र दर्ता गरी अस्पतालको सेवा
सामान्यतयाः १५ वेडको अस्पतालले मात्र बिरामी भर्ना गरी उपचार गर्न पाउँछन् । तर, यो सेन्टरले ३ दिनसम्म बिरामीलाई वार्डमा राखेर उपचार गरी डिस्चार्ज गरेको छानविन समितिले औल्याएको छ ।
अझ रमाइलो कुरा के छ भने १ जनवरी २०१५ देखि सो सेन्टरमा २०१८ मे ३० सम्ममा १ हजार १ सय ३० विदेशी पर्यटक बिरामी उपचार गरेको उल्लेख छ । यो सेन्टरले ३० मे २०१८ (१६ जेठ २०७५) मा मात्र अत्यावश्यक सेवा दिनुपर्ने विरामीलाई अवस्था हेरी बेडमा राखेर उपचार सेवा उपलब्ध गराउन सक्ने र डिस्चार्ज गर्न सक्ने गरी अनुमति पाएको छ । त्यो पनि सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सचिवस्तरीय निर्णय गरेर । त्यसबेला भर्खरै राजीनामा दिएर विश्व स्वास्थ्य संगठनको जागिर खान गएकी डा. पुष्पा चौधरी स्वास्थ्य सचिव थिइन् ।

अवैध रुपमा बिरामी विदेशी पर्यटकहरुलाई उपचार गरिरहेको सो सेन्टरमाथि सरकारले छानविन सुरु गरेपछि राजनीतिक पहँुचको आधारमा अत्यावश्यक सेवा दिनुपर्ने विरामीलाई वेडमा राखेर डिस्चार्ज (बढीमा एक दिन) गर्ने स्वीकृती लिएको स्वास्थ्य वतथा जनसंख्या मन्त्रालयका एक अधिकारी बताउँछन् ।

सो केन्द्रको १३ फागुन २०७३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले उद्घाटन गरेका थिए । थापाले उद्घाटन गरेको २ वर्ष ४ महिनापछि मात्र बिरामी भर्ना गरी डिस्चार्ज गर्न सक्ने सचिवस्तरीय निर्णय भएको थियो । तर, त्यो बीचको अवधीमाका ११ बढी विदेशी पर्यटकको उपचार गरेको तथ्यांक छानविन समितीले तयार पारेकाे प्रतिवेदनमा उल्लेख छ ।

निजी अस्पतालको ठगी (भाग–१) : १२० रुपैयाँ पर्ने औषधी, ३३ सयको बिल, फरक—फरक शीर्षकमा लाखौं ठगी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ