२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपचार गर्न नसक्दा ओछ्यानमा थलिइन् अक्षरा, सहयोगका लागि अपिल

उपचार गर्न नसक्दा ओछ्यानमा थलिइन् अक्षरा, सहयोगका लागि अपिल


विराटनगर—विराटनगर–५ जामुनगाछी एक बालिकाको उपचार गर्न नसक्दा लामो समयदेखि ओछ्यानमा थलिएर बस्नु परेको छ । दास परिवारले भएको पैसा ८ वर्षीया वालिका अक्षरा कुमारी दासको उपचारमा खर्चिएर सकेपछि थप उपचार गर्न नसकेका हुन् ।

आर्थिक अवस्था नाजुक रहेको दास परिवारले थप उपचार गर्न नसकेपछि अक्षरालाई अहिले घरमा राखेका छन् । कक्षा १ मा अध्ययनरत अक्षराको मिर्गौलाले काम गर्न छोडेको चिकित्सकले जनाएको छ । अक्षराको उपचार दास परिवारले १५ लाख रुपैयाँ सक्दा पनि ठिक नभएको हजुरवुवा शम्भु दासले बताए । ‘६ वर्षको उमेरमा नातिनीको पिसाब पोल्ने र छिन–छिनमा पिसाब आउने समस्या थियो,’ हजुरबुवा शम्भुले भने, ‘नातिनीको उपचार गराउन देशभरीको हस्पिटल लगेपनि रोग ठीक हुन सकेको छैन । उपचारमा भएभरको पैसा पनि सकियो । थप उपचार गरिने अहिले पैसा छैन ।’

दुई पटक नातिनीको डाइलाइसिस गरिएको उनले बताए । ‘एक पटक डाइलाइसिस गर्दा ८० देखि ९० हजार रुपैयाँ खर्च भयो,’ उनले भने, ‘चिकित्सकले अहिले पनि डाइलाइसिस गर्नुपर्ने सुझाव दिएका छन् । थप उपचार गर्न आफूसँग पैसा पनि छैन ।’ भएभरको पैसा नातिनीको उपचारमा सकिएको उनले सुनाए । पैसा नभएपछि केही दिन अगाडि मात्र विपी कोइराला विज्ञान प्रष्तिठान हस्पिटल धरानबाट नातिनीलाई घर ल्याएको उनले बताए । उनले भने, ‘थप उपचार गर्न भारतको बैंङ्लोर लैजाने तयारी गरेको छु । त्यहाँ पु¥याउँदा उपचार पनि राम्रो हुने र ठिक हुने सुनेको छु ।’ आफूसँग थप उपचार गर्ने पैसा नभएकाले सहयोगका लागि उनले अपिल गरेका छन् ।

अक्षराका बावु दयनन्द दास राजमिस्त्रीको काम गर्दछन् । उनका १ छोरा र छोरी छन् । अक्षराको अहिले शरीरको विभिन्न भाग सुनिन थालेको छ । अनुहार सबैभन्दा बढी सुनिएको छ । ‘अक्षरा राम्रोसँग हिडढुल पनि गर्न सक्दिन,’ हजुरआमा विनादेवीले भनिन्, ‘नातिनीको रेखदेशमा आफै खटिने गरेको छु । दुखाइले होला रातदिन नातिनी छटपटिने गर्दछिन् । राम्रोसँग सुत्न सक्दिनन्, रुने मात्र गर्दछिन् ।’

नातिनीको रोगको पिडाले आफूलाई चिन्ताले सताएको उनले बताइन् । ‘हामीसँग भएको पैसाले नातिनीको उपचार ग¥यौं । अहिले थप उपचार गर्ने पैसा छ्रैन्,’ नातिनी बाँचेको हेर्ने इच्छा छ,’ उनले भनिन्, ‘कोही मनकारीहरूले सहयोग गरिदिए नातिनीको रोग ठिक हुने आशा पलाएको छ ।’ अक्षरालाई सहयोग गर्नका लागि उनका हजुरवुवाशम्भु ९८०७०९१५१४ मा सम्पर्क गर्न सकिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ