२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचार गराउन अस्पताल पुगेकी युवतीले लगाइन् दुर्व्यवहारकाे आरोप

उपचार गराउन अस्पताल पुगेकी युवतीले लगाइन् दुर्व्यवहारकाे आरोप


विराटनगर–कोशी अस्पतालमा उपचार गराउन गएकी एक युवतीलाई स्वास्थ्यकर्मी (इन्टर्न विद्यार्थी)ले दुर्व्यवहार गरेको आरोप लागेको छ । कम्मर दुख्ने समस्याको उपचार गराउन गएकी किशोरीलाई एक्सरे गरिने कोठा भित्र स्वास्थ्यकर्मीले शुक्रबार दिउँसो दुर्व्यवहार गरेको युवतीको भनाइ छ ।

कम्मर दुख्ने समस्याका कारण २४ वर्षीया ती युवती अस्पताल आएकी थिइन् । अस्पतालका चिकित्सकले तल्लो स्पाइनको एक्सरे गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझावअनुसार महिला अस्पताल परिसरमै रहेको एक्सरे कक्ष पुगेकी थिइन ।

एक्सरे गर्ने क्रममा त्यहाँ खटिएका स्वास्थ्यकर्मी युवाले दुर्व्यवहार गरेको पीडित युवतीले बताएकी छिन । एक्सरे गर्ने क्रममा डियुटीमा खटिएका एक इन्टन विद्यार्थीले आफूलाई पाइन्ट खोल्न लगाएर दुर्व्यवहार गरेको युवतीको आरोप छ ।

‘एक्सरे गर्ने क्रममा डियुटीमा रहेका ती स्वास्थ्यकर्मीले आफूलाई पाइन्ट खोल्न भनेपछि मैले गाउन मागेकी थिए,’ ती युवतीले भनिन्, ‘रेडियोलोजी विभागमा खटिएका उनले एक्सरे कोठामा ग्राउन नभएको भन्दै आएर प्वाइन्ट खोलिदिए ।’ प्वाइन्ट सार्ने निहुँमा आफूसँग दुर्व्यवहार गरेको पीडित युवतीले भनाइ छ ।

अस्पतालमा रहेका प्रहरीको टोलीले ती विद्यार्थीसहित तीन जनालाई छलफलका लागि अस्पताल प्रशासन र कोशी अस्पतलाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रा समक्ष लगेको थियो । त्यहाँ भएको छलफलको क्रममा पीडित पक्षले घटनामा संलग्नलाई छानविन गरेर कारवाही गर्न माग गरेको थियो । निमित्त मेसु मिश्राले घटनामा संलग्नलाई कारवाही गरिने बताइन् ।

उपचार गर्न आएको युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका ती स्वास्थ्यकर्मी इन्र्टनसीप गर्न आएका विद्यार्थी हुन् । दुर्व्यवहारको घटना बाहिर आएपछि अस्पताल प्रशासनले मुख्य आरोपितसहित थप एक युवा र युवतीलाई कोशी अस्पतालमा इन्टर्नसिप गर्न रोक लगाएको छ ।

यता एक्सरे गर्ने ती विद्यार्थीले भने एक्सरेका क्रममा रेडियोलोजी विभागमा एप्रोन नभएकोले बिरामीलाई कपडा खोलेर एक्सरे गरिने क्रममा सामान्य रुपमा कपडामा छोएको बताए । एक्सरे गर्ने क्रममा छुनु सामान्य रहेको उनको भनाइ छ । ती विद्यार्थीले पीडित युतवीसँग माफी र कोशीमा इन्टर्नसीप गर्न नपाउने भएपछि घटना मेलमिलाप भएको छ ।

रेडियोलोजी विभागमा चेन्जिङ रुमै छैन

कोशी अस्पतालमा दैनिक एक हजारको संख्यामा ओपीडिमा विरामी उपचारको लागि आउने गरेका छन् । यहाँ आउने विरामीले दैनिक ३ देखि ५ सयको संख्यामा एक्सरे हुने गरेको अस्पतालको अभिलेखले दखाएको छ । एक्सरे गरिने कोठामा चेन्जिङ रुम र एप्रोन पनि नभएको बिरामीहरू बताउँछन् ।

संवेदनशील भागको एक्सरे गरिदा एप्रोन आवश्यक पर्दछ । तर, कोशीमा एप्रोन पनि नभएको बताइएको छ । एक्सरे कक्षमा महिला कर्मचारी पनि नहुने र इन्र्टनसीपका विद्यार्थीको भरमा सेवा संचालन गर्नुमा अस्पताल प्रशासनको चरम लापरवाही भएको देखिएको छ ।
अस्पतालका निमिक्त मेसु डा. संगीता मिश्राले रेडियोलोजी विभागमा तत्काल चेन्जिङ रुमको व्यवस्था गरिने बताइन् । ‘रेडियोलोजी विभागको आगाडि एउटा कोठा छ । अब त्यसलाई चेन्चिङ रुम हुनेछ,’ उनले भनिन् ।

(नोटः दुर्व्यवहार गरिएका भनिएका विद्यार्थी माथिको आरोप अदालती प्रक्रियामा गएर फैसला नभएका कारण उनको नाम र अध्ययनरत कलेज गोप्य राखिएको छ ।)


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ