सामान्यतयाः हाम्रो नेपाली समाजमा ‘इनफर्टिलिटी’ अर्थात् बाँझोपनको समस्या महिलाको कारण देखा पर्छ भन्ने गलत मान्यता रहेको पाइन्छ । तर, चिकित्सा विज्ञान क्षेत्रले भने बाँझोपनको समस्या महिलामा मात्र नभई पुरुषमा पनि समान रुपमा देखा पर्छ भन्ने कुराको पुष्टि गरिसकेको छ । सामान्यतयाः कुनै पनि महिलाको गर्भ नबसेको अवस्थामा त्यसमा महिला र पुरुष दुवैको ४० देखि ४५ प्रतिशतसम्म समान भूमिका रहन्छ । बाँकी १० प्रतिशत भने महिला वा पुरुष दुवैजना गर्भधारण गर्नको निम्ति योग्य हुदा हुँदै पनि कहिलेकाहीँ उनीहरुको गर्भ नबस्ने हुन्छ ।
यो समस्या के कारणवश उक्त दम्पत्तीमा देखा प¥यो भन्ने कुराको पत्ता समेत लगाउन सकिदैन । तसर्थ, यसलाई भने ‘अन एक्सप्लेन कज’ अन्तर्गत राखिन्छ । यस अर्थमा भन्नुपर्दा गर्भ नबस्नु पछाडि महिलाको मात्र नभएर पुरुषको पनि समान भूमिका रहन्छ ।
महिलाको हकमा गर्भ नरहने कारणहरु
- बढ्दो उमेर
- मद्यपान तथा धुम्रपानको सेवन
- पाठेघरको नली बन्द हुनु
- कम वा थोरै मात्रामा डिम्ब ग्रन्थी रिजर्भ हुनु
- पोलिसिस्टिक ओबारियन डिजिज÷सिन्ड्रोम
- मोटोपना
- विभिन्न रोगको संक्रमण
- अस्वस्थ्यकर खाना
- पौष्टिक आहाराको कमी
- ब्यस्त जीवनशैली
- शारीरिक निस्क्रियता
- कार्यकारी क्षेत्र
- मानसिक तनाव
- पाठेघरको संक्रमण ।
पुरुषको हकमा गर्भ नरहने कारणहरुः
- हार्मोनको गडबडी
- शुक्रकिटको कमी
- शुक्रकिटमा भएको खराबी
- शुक्रनलीको अवरोध
- उच्च तापक्रमको वातावरण
- वशांणुगत समस्या
- अण्डाशयको शल्यक्रिया
- र, अन्य रोगहरुको संक्रमण ।
रोकथाम तथा उपचार
कुनै पनि विवाहित दम्पत्तीले सन्तानको चाहना गर्दागर्दै पनि १ वर्षसम्म गर्भ नरहने अवस्थालाई ‘इन फर्टिलिटी’ भनिन्छ । अझ वर्तमान समयको परिप्रेक्ष्यमा यसका निमित्त विभिन्न उपचार पद्धतीहरु आएको हुँदा यसलाई इनफर्टिलिटीको सट्टामा ‘सब–फर्टिलिटी’ पनि भन्न थालिएको छ । तसर्थ यस्ता समस्या कुनै पनि दम्पत्तीमा देखिए पश्चात् सर्वप्रथम हामीले के कारण यस्ता समस्याहरु देखा परे भन्ने कुराको पत्ता लगाउनुपर्ने पर्दछ । कुनै पनि दम्पत्तीमा देखिएको सो समस्या महिला वा पुरुषमध्ये कसको कारण देखा परेको हो भन्ने कुराको अध्ययन नगरिएसम्म कुनै पनि उपचार सम्भव हुँदैन ।
वर्तमान समयमा महिलामा यस्ता समस्या विशेषगरी ‘पोलिसिस्टिक सिन्ड्रोम’को कारण देखा परेको पाइन्छ । जसअन्र्तगत विशेषगरी ब्यक्तिको खानपिन र जीवनशैली रहेको हुन्छ । तसर्थ त्यस्ता समूहलाई सर्वप्रथम डाइट, स्वस्थयवद्र्धक खाना, कसरत तथा स्वस्थ्य जीवनशैली अपनाउन लगाई उनीहरुको तौललाई नियन्त्रणमा ल्याउनको निम्ति सल्लाह प्रदान गरिन्छ । यसैगरि नियमित/ढिलो वा छिटो महिनावारी हुने महिलाहरुलाई भने ‘पिरियड क्यालेन्डर’ बनाउन लगाई सोहि किसिमले ओभुलेसन हुने समयमा उनीहरुलाई यौनसम्पर्क कायम राख्नको निम्ति सुझाव दिइन्छ ।
गर्भ नबसेका दम्पत्तीले गर्भ धारण गर्न सकोस् भन्नका निमित्त उपचारका लागि आएका व्यक्तिहरुलाई हामी ‘ओभुलेशन इन्डक्शन’ विधि अपनाउन लगाउँछौ । यस अन्र्तगत भने हामी दम्पत्तीलाई उनीहरुको अवस्था चेक जाँच गरी आवश्यक औषधिहरु सेवन गर्न लगाउँछौ । यसरी निःसन्तान दम्पत्तीलाई २÷३ महिनासम्म ट्राई गराइ रहँदा पनि गर्भ नबसेको खण्डमा भने हामी चिकित्सकले सबैभन्दा पहिला ‘इन्ट्रायुट्रेराइन इन्सिमिनेशन ‘आईयुआई’ भन्ने उपचार अपनाउनको निम्ति सुझाव दिने गर्छौ । यस उपचारअन्र्तगत पुरुषको वीर्य लिएर सिधै महिलाको पाठेघरमा राखिन्छ । यसरी चालेको उपचार प्रक्रियाबाट करिब १० प्रतिशत दम्पत्तीहरु सन्तान प्राप्त गर्न सफल पनि भएका छन् । यसरी यस्ता उपचार प्रक्रिया वा उपायहरु अपनाउँदा पनि महिलाले गर्भ धारण नगरेको खण्डमा भने हामी उनीहरुलाई ढिलो नगरी ‘आइभिएफ’ (टेस्ट्युब बेबी) सेवामार्फत अगाडि बढ्न सल्लाह दिन्छौ ।
पुरुषहरुमा उमेर बढ्दै जाने क्रममा उनीहरुको प्रजनन क्षमतामा खासै फरक नपरेता पनि महिलाको हकमा भने यो कुरा लागु हुँदैन । महिलाको प्रत्येक पटक महिनावारी हुने क्रममा उनीहरुमा भएको अण्डाको भण्डार रित्तिदै जाने हुन्छ । अर्थात्, उमेर जति–जति बढ्दै गयो उनीहरुमा भएको अण्डाको क्षमता र संख्या त्यत्ति नै मात्रामा घट्दै जाने भएकोले यसरी कुनै पनि दम्पत्तीलाई सम्बन्धित चिकित्सकले आइभिएफ प्रणालीको बारेमा सल्लाह दिए पश्चात, ३२ वर्ष कटेका महिलाहरुले यो सेवा पनि छिटोभन्दा छिटो रुपमा अपनाउनु पर्दछ ।
यसैगरी पुरुषको बारेमा भन्नुपर्दा, कुनै पनि पुरुषमा शुक्रकिटको छदै छैन भने त्यस्तो अवस्थालाई ‘एजुस्पर्मिया’ भनिन्छ । यस्तो अवस्थामा हामी पुरुषहरुमा जन्म जातै रुपमा उनीहरुमा नबनेको हो कि वा वीर्यको उत्पादन नै भएको छ कि छैन भनेर जाँच गरिन्छ । यसरी परीक्षण गर्दा कुनै पनि पुरुषमा वीर्यको मात्रा नभएको खण्डमा उनीहरुलाई स्पम डोनरबाट स्पम लिन सकिन्छ । तर, यसबाहेक कुनै कुनै पुरुषहरुमा शुक्रकिटको कमी हुने समस्या पनि देखा पर्दछ । ‘ओलिगोस्पर्मिया’ भनिने यस्ता समस्या भएको व्यक्तिहरुको निम्ति भने हामीले भिटामिन सप्लिमेन्ट्सहरु प्रदान गरी शुक्रकिट बढाउन मद्दत गर्दछौ ।
यसैगरी शुक्रकिट भएता पनि शुक्रकिट मोटिलिटी (गतिशील) नभएको अवस्थामा पनि हामी भिटामिन इ र सी जस्ता उपलब्ध जंकहरु सेवन गर्न लगाई शुक्रकिटको क्षमतामा वृद्धि गर्न सकिन्छ । कतिपय व्यक्तिहरुमा भने उनीहरुमा भएको शुक्रकिटको क्षमताको जाँच गर्दा शुक्रकिटको मात्रा कम रहेको देखिन्छ । यसरी शुक्रकिट नै कम भएको अवस्थाको ब्यक्तिहरुको निमित्त आइयुआई पद्धति खासै प्रभावकारी नहुने भएकोले उनीहरुले भने आइभिएफ प्रणालीको उपयोग गर्दा नै उचित रहन्छ ।
(डा. ढकाल नेपाल नेशनल अस्पताल कलंकीमा कार्यरत छन् ।)
प्रस्तुतीः सृजना मगर